साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भवानी घिमिरेको स्मृतिमा विभिन्न स्रष्टा सम्मानित र पुरस्कृत

शनिबार राजधानीमा आयोजित एक समारोहमा पौडेललाई सम्मानपत्र र नगदसहित सम्मान अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार प्रदान गर्नुभएको हो ।

Nepal Telecom ad

काठमाडौं, चैत ११ गते । वरिष्ठ साहित्यिक पत्रकार तथा कवि भवानी घिमिरेको सम्झनामा स्थापना गरिएको भानु कस्तुरा संघर्षशील नारी पुरस्कार साहित्यकार गंगा पौडेललाई प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा पौडेललाई सम्मानपत्र र नगदसहित सम्मान अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार प्रदान गर्नुभएको हो ।

सोही कार्यक्रममा हरेक वर्ष प्रदान गरिँदै आएको भानु भवानी पत्रकारिता पुरस्कार दायित्व द्वैमासिकका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रदान गर्नुभएको हो ।

कार्यक्रममा यसै वर्ष स्थापना गरिएको शिक्षा क्षेत्रको पुरस्कार अरुणिमा फाउण्डेशनलाई प्रदान गरिएको छ । कार्यक्रममा फाउण्डेशनका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा भानु पत्रिकालाई सम्पादनका माध्यमबाट अगाडि बढाउन सहयोग पुर्‍याउनुहुने पूर्व सम्पादकहरू नरनाथ लुइँटेल र रामप्रसाद ज्ञवालीलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार मोहन दुवाल, भानु मासिकका पूर्व सम्पादक हास्यव्याङ्ग्यकार नरनाथ लुइँटेल, पूर्व मन्त्री शान्ता मानवी, शिवानी घिमिरे, राधेश्याम लेकाली, गोविन्द घिमिरे वेदमणि, विमल भौकाजी, नरेन्द्रबहादुर श्रेष्ठ लगायत साहित्यकार एवम् विशिष्ट साहित्यिक व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रमलाई सम्मानित, अभिनन्दित प्रतिभाहरूका साथै प्रमुख अतिथि र विशेष अतिथि मोहन दुवालले सम्बोधन गरेका थिए । प्रायः वक्ताहरूले साहित्यिक पत्रकारिताका क्षेत्रका समस्यामाथि प्रकाश पारेका थिए ।

भानु नेपाली मासिक परिवारले आयोजना गरेको कार्यक्रममा भानु मासिकका संस्थापक भवानी घिमिरेको कविताको सांगीतिक प्रस्तुति राखिएको थियो । कविताको सांगीतिक प्रस्तुतिमा कुन्दन पाठक, निमेष कपाली, सलिना विक, मान्यता घिमिरेलगायतको सहभागिता थियो ।

पाठशाला नेपालको नाट्यशाला, थापागाउँमा आयोजित कार्यक्रमको सभापति साहित्यकार डा. रमेश शुभेच्छु हुनुहुन्थ्यो भने कार्यक्रममा सहभागीलाई साहित्यकार परशुराम पराजुली परासरले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभाध्यक्ष डा. शुभेच्छुले भवानी घिमिरेका राजनीतिक, सिर्जनात्मक र साहित्यिक पत्रकार व्यक्तित्वको चर्चा गर्दै उहाँले स्थापना गरेको भानु पत्रिका समस्याका बिचमा पनि अगाडि बढिरहेको भन्दै कार्यक्रम सफल बनाउन सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x