टुक्रे क्षणहरू- (२)
उनले मेरो हाततिर इसारा गरे । मैले हातमा पत्रिका बोकेको थिएँ । उनी एकपटक जोडले हाँसे र फेरि गाउन थाले । ‘झूटा कुरा पढेर दिमाग गयो सडेर । यस्तो पनि बोकेको त्यही भएर खोकेको । भ्वाङ पार्यो । हा हा हा ।’
१. शल्यक्रिया
घन्टौँ अघिदेखि समय लिएर डाक्टर भेट्न पालो पर्खिरहेको थिएँ । आफ्नो नाम के आएको थियो तीन जना युवाहरू ढोकाबाट छिरे । डाक्टरले पनि मनस्थिति बुझेकाले होला उनैलाई पहिलो समय दिँदै सोधे- मैले के सेवा गर्नुपर्यो ।
‘हामी एउटा शल्यक्रिया गराउन चाहन्छौँ । के तपाईँ त्यो शल्यक्रिया गरिदिन सक्नुहुन्छ ?’
‘कस्तो शल्यक्रिया हो कुनि ?’ डाक्टरले अकमकाउँदै सोधे ।
‘मुखले बोलेको आवाज शरीरको सबैभागबाट बाहिर निस्कने गरी शरीरका विभिन्न ठाउँमा माइक राखेर छिद्र बनाउन सकिन्छ डाक्टर साहेब ?’ एक युवकले सोधे । डाक्टरको अनुहार आश्चर्यभावले भरियो । उनले सोधे- ‘यस्तो किन गर्नुपर्यो ?’
‘कथाले माग्यो नि डाक्टर साहेब ।’ अर्का युवकले जवाफ दिए ।
‘कुन कथाले माग्यो ?’ डाक्टर पनि के कम सोधिहाले ।
‘प्रदर्शनमा जानु छ । मुखले चिच्याउँदा मुख थुनिहाल्छन् अनि आवाज कसरी बाहिर ल्याउने त ?’
२. भ्वाङ पार्यो
मर्निङ वाकमा हिँडेको थिएँ । एउटा कुनामा एकजना मानिस चिच्याइरहेको आवाज आयो । उनीहरू एकोहोरो भन्दै थिए ‘भ्वाङ पार्यो ।’ ल ल ल ल भ्वाङ पार्यो । के को भ्वाङ पार्र्यो भनेका होलान् बुझ्न मन लाग्यो । उभिएँ र खोकेँ । उनले भने ‘भ्वाङ पार्यो ।’ मैले खोकेको सुनेर उनी उठे ।
‘के को भ्वाङ भनेर सोध्न खोक्नु भएको होला हैन ?’ हा हा हा उनी हाँसे र चिच्याए ।
‘उताबाट डलर आयो मठ मन्दिर खायो ।’
बराजुको संस्कृति धमिराले खायो । भ्वाङ पार्यो ।’
हा हा हा हा । युवक हाँसे ।
म हिँड्नै लागेको थिएँ उनले फेरि भट्याए ।
‘हेर्दा लाग्छ जोखेझैँ निस्पक्षता पोखेझैँ ।
तराजुको पछाडि कसले देख्छ बाँधेको । हा हा हा फलाम राखी गाँसेको । भ्वाङ पार्योे हा हा हा भ्वाङ पार्यो ।’ युवाले फेरि गाए । म चकित भएँ । मोडिइसकेका पाइला फर्किए ।
उनले मेरो हाततिर इसारा गरे । मैले हातमा पत्रिका बोकेको थिएँ । उनी एकपटक जोडले हाँसे र फेरि गाउन थाले ।
‘झूटा कुरा पढेर दिमाग गयो सडेर ।
यस्तो पनि बोकेको त्यही भएर खोकेको । भ्वाङ पार्यो । हा हा हा ।’
उनका कुराले मलाई लाज लाग्यो । पत्रिका त्यहीँ फालेर हिँडे ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest