साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्रे क्षणहरू- (२)

उनले मेरो हाततिर इसारा गरे । मैले हातमा पत्रिका बोकेको थिएँ । उनी एकपटक जोडले हाँसे र फेरि गाउन थाले । ‘झूटा कुरा पढेर दिमाग गयो सडेर । यस्तो पनि बोकेको त्यही भएर खोकेको । भ्वाङ पार्‍यो । हा हा हा ।’

Nepal Telecom ad

१. शल्यक्रिया

घन्टौँ अघिदेखि समय लिएर डाक्टर भेट्न पालो पर्खिरहेको थिएँ । आफ्नो नाम के आएको थियो तीन जना युवाहरू ढोकाबाट छिरे । डाक्टरले पनि मनस्थिति बुझेकाले होला उनैलाई पहिलो समय दिँदै सोधे- मैले के सेवा गर्नुपर्‍यो ।
‘हामी एउटा शल्यक्रिया गराउन चाहन्छौँ । के तपाईँ त्यो शल्यक्रिया गरिदिन सक्नुहुन्छ ?’

‘कस्तो शल्यक्रिया हो कुनि ?’ डाक्टरले अकमकाउँदै सोधे ।

‘मुखले बोलेको आवाज शरीरको सबैभागबाट बाहिर निस्कने गरी शरीरका विभिन्न ठाउँमा माइक राखेर छिद्र बनाउन सकिन्छ डाक्टर साहेब ?’ एक युवकले सोधे । डाक्टरको अनुहार आश्चर्यभावले भरियो । उनले सोधे- ‘यस्तो किन गर्नुपर्‍यो ?’

‘कथाले माग्यो नि डाक्टर साहेब ।’ अर्का युवकले जवाफ दिए ।

‘कुन कथाले माग्यो ?’ डाक्टर पनि के कम सोधिहाले ।

‘प्रदर्शनमा जानु छ । मुखले चिच्याउँदा मुख थुनिहाल्छन् अनि आवाज कसरी बाहिर ल्याउने त ?’

२. भ्वाङ पार्‍यो

मर्निङ वाकमा हिँडेको थिएँ । एउटा कुनामा एकजना मानिस चिच्याइरहेको आवाज आयो । उनीहरू एकोहोरो भन्दै थिए ‘भ्वाङ पार्‍यो ।’ ल ल ल ल भ्वाङ पार्‍यो । के को भ्वाङ पार्‍र्यो भनेका होलान् बुझ्न मन लाग्यो । उभिएँ र खोकेँ । उनले भने ‘भ्वाङ पार्‍यो ।’ मैले खोकेको सुनेर उनी उठे ।

‘के को भ्वाङ भनेर सोध्न खोक्नु भएको होला हैन ?’ हा हा हा उनी हाँसे र चिच्याए ।
‘उताबाट डलर आयो मठ मन्दिर खायो ।’
बराजुको संस्कृति धमिराले खायो । भ्वाङ पार्‍यो ।’
हा हा हा हा । युवक हाँसे ।

म हिँड्नै लागेको थिएँ उनले फेरि भट्याए ।
‘हेर्दा लाग्छ जोखेझैँ निस्पक्षता पोखेझैँ ।
तराजुको पछाडि कसले देख्छ बाँधेको । हा हा हा फलाम राखी गाँसेको । भ्वाङ पार्‍योे हा हा हा भ्वाङ पार्‍यो ।’ युवाले फेरि गाए । म चकित भएँ । मोडिइसकेका पाइला फर्किए ।

उनले मेरो हाततिर इसारा गरे । मैले हातमा पत्रिका बोकेको थिएँ । उनी एकपटक जोडले हाँसे र फेरि गाउन थाले ।
‘झूटा कुरा पढेर दिमाग गयो सडेर ।
यस्तो पनि बोकेको त्यही भएर खोकेको । भ्वाङ पार्‍यो । हा हा हा ।’

उनका कुराले मलाई लाज लाग्यो । पत्रिका त्यहीँ फालेर हिँडे ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x