साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्ण शर्मा सुमुकृतको व्यङ्ग्य कृति ‘झरीच्याउ’ लोकार्पण

पूर्व शिक्षक देवराज भट्टराईको सञ्चालन अनि वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो । लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल थिए ।

Nepal Telecom ad

सिलगढ़ी, ९ अप्रैल २०२३ । झारखण्ड पुलिसमा कार्यरत एवं मिलन मोड़ निवासी हास्यव्यङ्ग्यकार कृष्ण शर्मा सुमुकृत पहिलो कृति झरीच्याउ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण भयो ।

समारोह कराईबारी देउराली युवा संघ मिलन मोड़को आयोजनामा एउटा साहित्यिक कार्यक्रममाझ देउराली युवा संघ भवनमा सम्पन्न भएको थियो । पूर्व शिक्षक देवराज भट्टराईको सञ्चालन अनि वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो । लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल थिए ।

विशिष्ट अतिथिहरूमा कालुसिंह रनपहेली, युवराज काफ्ले, डा.सुकराज दियाली, डा. दिलकुमार श्रेष्ठ, पदम पराजुली, सरमान सुब्बा, पेम नर्बु शेर्पा ‘ज्योति’, धननीरव प्रधान, गोकुल राई, नोर्देन लेप्चा, शिलाश राई, सुदीप बस्नेत, लोकेन्द्र श्रेष्ठ, विराज नेवार, सुष्मा मोक्तान गुरुङ, निरु बिन्दु निमा छिरिङ भूटिया, टीकाप्रसाद शर्मा, तीर्थराज न्यौपाने, ज्ञानेन्द्र दाहाल, नवीन दाहाल, फुर्बा तामाङ, भक्तिशिला देवान, प्रतिमा तामाङ, हन्ना छेत्री आदि थिए ।

समारोह अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि अनि अतिथिहरूको आसन ग्रहणपछि शुरू भएको समारोहमा स्थानीय नानीहरूद्वारा सरस्वती बन्दना, नृत्य अनि कविता वाचन गरिएको थियो। समारोहमा देउराली युवा संघका सचिव उदव शर्माले स्वागत मन्तव्य राखे भने शिव कटुवालले लेखकको परिचय राखेका थिए ।

यसै क्रममा कृष्ण शर्मा सुमुकृत पहिलो कृति ‘झरीच्याउ व्यङ्ग्य’ सङ्ग्रहको लोकार्पण समारोह अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूको संयुक्त बाहुलीबाट गरियो । लोकार्पित व्यङ्ग्य सङ्ग्रहमाथि अतिथि निमा छिरिङ भूटिया आदिले समीक्षा गरेका थिए ।

हास्य व्यङ्ग्यकार कृष्ण शर्मा सुमुले पनि आफ्नो पहिलो व्यङ्ग्य सङ्ग्रह ‘झरीच्याउ’ बारे मन्तव्य पोखेका थिए । तिनले सबैको सहयोग र सहभागिताले कार्यक्रम सफल भएको बताउँदै समारोहमा सहभागी सबैप्रति आभार प्रकट गरे । शान्ति शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्थानीयलगायत वरिपरी क्षेत्रका साहित्यानुरागीहरूको व्यापक जमघट थियो ।

०००
समाचार श्रोत : हिमालय दर्पण, सिलगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x