सुलसुलेझोराहाट नाटकघरमा नेपाल-भारत साहित्य सेतु
रम्बास कविताका प्रणेता मिलन बोहरा, कवि पुण्यप्रसाद शर्मा, कवि पुरुषोत्तम उपाध्याय दाहाल, कवि तथा कथाकार गीताश्री शर्मा सम्मानित हुनुभयो ।

मोरङ, ०७९, चैत २७ । झोराहाट नाट्य समूह, नेपाल मुक्तक प्रतिस्ठान कोशी प्रदेश र खोटाङ सामाजिक सेवा मन्चको आयोजनामा झोराहाट नाटकघरमा नेपाल-भारत साहित्य सेतु कार्यक्रम सम्पन्न भएको छ ।
भारतको आसाम र सिक्किमबाट आउनुभएका चार जना साहित्यकारहरूलाई कार्यक्रममा सम्मान गरियो । रम्बास कविताका प्रणेता मिलन बोहरा, कवि पुण्यप्रसाद शर्मा, कवि पुरुषोत्तम उपाध्याय दाहाल, कवि तथा कथाकार गीताश्री शर्मा सम्मानित हुनुभयो । चारैजना स्रष्टाहरूले नेपाल-भारतको साहित्यिक सम्बन्ध बारे बोल्दै आ-आफ्ना सिर्जनाहरू सुनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्राज्ञ दधिराज सुवेदी, विशिष्ट अतिथि विवश पोखरेल, अतिथि क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पित लगायत रहनुभएको थियो । विभिन्न स्थानबाट ६३ जना स्रष्टा शुभेच्छुक र अभियन्ताहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना रचना सुनाउनु भएको थियो ।
अतिथि गीताश्री शर्माको लघुकथा ‘बिडम्बना’ लाई नाट्य समुहका कलाकारहरूले नाटकको रुपमा मन्चन गरिरहँदा बेग्लै आनन्द महशुस भएको थियो ।
नाट्य समुहका सचिब छत्र काफ्लेको सभापतित्वमा संचालित कार्यक्रमको संचालन कवि प्रमोद ढकालबाट भएको थियो । यस किसिमको कार्यक्रमले नेपाल र भारतबीचको साहित्यिक सम्बन्धलाई अझ बलियो र मित्रवत बनाउने विश्वास गरिएको छ ।
०००
– माधव गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest












































