सुलसुलेमञ्जुश्री साहित्यिक समाजको ८ औँ वार्षिकोत्सव
कार्यक्रममा मञ्जुश्री साहित्यिक समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको विपी-भूपी पुरस्कार यस वर्ष प्रा.डा. कृष्णहरि बराललाई प्रदान गरियो । पुरस्कारको रकम रु. १५,१२५ राशि रहेको छ ।

काठमाडौं, ०७९ चैत २७ । प्रा. रामकुमार पाँडेको प्रमुख आतिथेय र डा. बमबहादुर थापा जितालीको सभाध्यक्षतामा मञ्जुश्री साहित्यिक समाजको ८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
समाजका सचिव वीरबहादुर लोहनीले स्वागत मन्तव्य दिएपछि आरम्भमा गायक शिव गौतमबाट ‘जहाँ छन् बुद्वका आँखा’ गीत गायन गरिएको थियो ।
कार्यक्रममा मञ्जुश्री साहित्यिक समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको विपी-भूपी पुरस्कार यस वर्ष प्रा.डा. कृष्णहरि बराललाई प्रदान गरियो । पुरस्कारको रकम रु. १५,१२५ राशि रहेको छ ।
नागार्जुन न.पा वडा न. १ वडा सदस्य रामप्रसाद खनाल, प्रा. देवी पन्थी, वरिष्ठ गायिका चन्द्रकला शाह विशेष अतिथि र पुरस्कार संस्थापक प्रा.गङ्गा लिगल र श्री राम सिहं बस्नेत समुपस्थित हुनुहुन्थ्यो । दुवै पुरस्कार दातालाई मञ्जुश्री स्रष्टा सम्मान प्रदान गरियो ।
कार्यक्रममा विभिन्न कविहरूले आफ्ना कविता वाचन गरेका थिए । वाचन गर्नेहरुमा दुर्गा अधिकारी भमरकोटे, पोम रेग्मी, सीताराम घिमिरे, शान्ति सापकोटा, जनार्दन अधिकारी धड्कन, एन बी जनकपुरी, चूडा निर्भीक, घननाथ पौडेल, टेकबहादुर लौडारी, सुरेशचन्द्र घिमिरे, कल्पना भट्टराई, डा.मेघराज अधिकारी, बालकृष्ण सुवेदी, सूर्यकुमार पन्डित आदि हुनुहुन्थ्यो ।
प्रभा बरालद्वारा उदघोषण गरिएको कार्यक्रम नागार्जुन भ्याली एकेडेमी रानीवन परिसरमा गरिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































