साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि माया गुरुङका दुई कृति लोकार्पण

कवितासङ्ग्रहको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका माननीय प्रमुख आयुक्त महेन्द्रमान गुरुङले विशेष समारोहका बीच गर्नु भएको हो ।

Nepal Telecom ad

काठमाडौं, ०८० बैशाख १० । अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले कवि माया गुरुङका दुई कवितासङ्ग्रह ‘ऐना’ र ‘बाका जुत्ता’को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा आयोजित सो कार्यक्रममा कवि गुरुङका ‘ऐना’ र ‘बाका जुत्ता’ कवितासङ्ग्रहको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका माननीय प्रमुख आयुक्त महेन्द्रमान गुरुङले विशेष समारोहका बीच गर्नु भएको हो । यसअगि प्रमुख अतिथि गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा कवि माया गुरुङ, श्रीमान् विजय गुरुङलाई सम्मान पनि गरिएको थियो भने अनेसास पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले लेकाली अध्यक्ष भएको बेला बेलायतमा आयोजना गरिएको छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजनामा योगदान पुर्‍याएवापत सुमलकुमार गुरुङ र सारा गरुङलाई विशेष सम्मान गर्नु भएको थियो । प्रमुख अतिथि माननीय प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो ।

अनेसासका पूर्व केन्द्रीय उपाध्यक्ष एवं बेलायत च्याप्टरक पूर्व अध्यक्ष साहित्यकार सुमलकुमार गुरुङको अध्यक्षतामा आयोजित सो समारोहमा प्रमुख अतिथिलगायत वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, समालोचकहरू प्रा. डा. गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी, गुरुङ भाषा शब्दकोषका लेखक रत्नबहादुर गुरुङलगायतले सामूहिक रुपमा लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा समालोचकहरू प्रा.डा. गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरीले लोकार्पित पुस्तकहरूका बारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, अनेसास केन्द्रीय उपाध्यक्ष डा. रेणु थापा ‘सोलु’, राधेश्याम लेकाली, रामकाजी कोने, रत्नबहादुर गुरुङ, प्रा.डा. सुरेन्द्र के.सी.लगायतले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी अध्यक्ष सुमलकुमार गुरुङले सभापतीय मन्तव्य र लोकार्पित पुस्तकका लेखक माया गुरुङले लेखकीय मन्तव्य राख्नु भएको थियो । अनेसास बेलायत च्याप्टर कार्यसमिति सदस्यहरू कवि सारा गुरुङले स्वागत र विजय गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लोकार्पित पुस्तकबाट अनेसास केन्द्रीय पुरस्कार समितिकी सदस्य दीपा राई पुनले कविता वाचन र सारा गुरुङले कविता गायन गर्नु भएको थियो भने चर्चित लोकगायिका शर्मिला गुरुङले मन्तव्यसहित गीत गाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा कवि माया गुरुङको जन्मदिनको केक काटिएको थियो । केक काट्दा चर्चित गायिका रितु कँडेलले ह्यापी बर्थ डे गीत गाउनु भएको थियो ।

कार्यक्रमको संचालन साहित्यकार सुमन बर्षाले गर्नु भएको थियो ।

कार्यक्रममा जनजाति पत्रकार महासंघका निवर्तमान अध्यक्ष डण्ड गुरुङ, साहित्यकारहरू हिरण्यकुमारी पाठक, विमल भौकाजी, अश्विनी कोइराला निर्मलरमण पराजुली, मुरारि सिग्देल, रमेश दाहाल, द्वारिका कुँइकेल, नीता श्रेष्ठ, राज रजक, विक्रमभक्त जोशी, दुर्गाकिरण तिवारी, डी.आर. राई, मनिला वन्त, एलिना श्रेष्ठसहित साहित्यिक व्यक्तित्वहरू, लेखक, पत्रकार तथा बुद्धिजीवीलगायतको बाक्लो उपस्थिति थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x