साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रमाणित महिला

अफिसले भन्यो- सबैले महिला प्रमाणित कागत पेस गरेका छन्, एउटा छानबिन समिति बनाऔँ तर समितिमा तपाईँहरूमध्ये को को बस्नु हुन्छ ? नाम दिनोस् । निवेदन दिन पुगेकाहरूले आफू नबसी अर्काको सिफारिश मात्र गरिरहे ।

Nepal Telecom ad

एकादेशमा एउटा युग थियो । त्यस युगमा बेरोजगारी व्याप्त थियो । लभ सुलभ तर घृणा दुर्लभ यसकारण थियो कि कोही प्रगति गर्दैनथ्यो । कोही प्रगति गर्ने भएदेखि खुट्टा तान्ने निस्किन्थ्यो । कोही कसैको खुट्टा तान्नै नपर्ने समाजको कथा हो यो ।

एक दिन एउटा भ्याकेन्सी निस्क्यो । भ्याकेन्सी थियो महिलाका लागि मात्र ।

गाउँमा सबैले आफूलाई पुरुषार्थ गरेको ठान्थे । अन्तिम दिनको अन्तिम घडी आउँदासम्म कोही उम्मेदवार हुन आएन । भ्याकेन्सी दिने अफिसले सूचनामा थप्यो- आफूलाई महिलाजस्तो ठान्नेले पनि निवेदन दिन पाउँछ तर उसले महिला प्रमाणित कागत पेस गर्नुपर्छ ।

केही बेरमै निवेदनै निवेदन पर्‍यो । निवेदनको फिस तोकिएको थियो । अफिसलाई फिसैफिस उठ्यो ।
पहिले गाउँमा महिला कोही छ कि भनेर अफिसको मनमा प्रश्न थियो, अब पुरुष कोही छ कि भन्ने उत्तर भेटियो ।
एकै छिनमा कोकोहोलो मच्चियो । अफिस थच्चियो ।

नक्कली महिलाहरूले सक्कली महिलाहरूमाथि नक्कली महिला बनेर भ्याकेन्सीमा निवेदन दिएको विरुद्ध निवेदन आएको थियो अफिसमा । अफिसले भन्यो- सबैले महिला प्रमाणित कागत पेस गरेका छन्, एउटा छानबिन समिति बनाऔँ तर समितिमा तपाईँहरूमध्ये को को बस्नु हुन्छ ? नाम दिनोस् ।

निवेदन दिन पुगेकाहरूले आफू नबसी अर्काको सिफारिश मात्र गरिरहे ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x