साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरहवामा सिसासको २३२ औँ मासिक सङ्गम

सस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ आख्यानकार बनमाली निराकारको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

भैरहवा, ०८९ वैशाख १६ । सिर्जनशील साहित्यिक समाज (सिसास) को २३२ औं नियमित मासिक सङ्गम सनिवार भैरहवामा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ आख्यानकार बनमाली निराकारको प्रमुख आतिथ्यता रहेको थियो ।

हरेक महिनाको तेस्रो सनिबार सम्पन्न हुने साहित्यिक कार्यक्रममा १ दर्जनभन्दा बढी स्रस्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कथाकार विजय सागर, कविहरू अनमोल शर्मा, तिलक लामिछाने, सिता ढुंगाना काफ्ले, सस्थाका पूर्व अध्यक्ष तेजप्रसाद पन्थ, सुवास रिजाल यात्री, कवि वासुदेव पोखरेल (बिपिन), नारि स्रष्टाहरू सरु ज्ञवाली, सिर्जना खनाल, राधा भट्टराई, गङ्गा घिमिरे, सारदा बि.क.लगायतले विविध विधाका रचना सुनाएका थिए ।

उक्त कार्यक्रममा सस्थाकी उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य र सस्थाका सचिव विष्णुप्रसाद गजुरेलले कार्यक्रम सन्चालन गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x