साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १२३ औँ काव्यगोष्ठी

प्रमुख आमन्त्रित छन्दशिल्पी कवि पुरुषोत्तम सिग्देलले अनुपमको  ३२ औँ श्रृङखलाबाट जोडिएर आएको स्मरण गर्दै अनुपमको सिर्जना वाचन कार्यक्रममा वाचित सिर्जना गुणात्मक हिसाबले अत्यन्त स्तरीय रहेकोमा खुसी व्यक्त गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १६ । कलङ्की क्षेत्रमा साहित्यिक गतिबिधिमा क्रियाशील अनुपम सिर्जना प्रतिष्ठानको १२३ औँ काव्यगोष्ठी सम्पन्न भएको छ ।

अनुपमका अध्यक्ष भूवनहरि सिग्देलको अध्यक्षता र विशिष्ट छन्दशिल्पी पुरुषोत्तम सिग्देल प्रमुख आमन्त्रित रहनुभएको कार्यक्रम गुगल मिट प्रविधिबाट संयोजित गरिएको हो ।

प्रतिष्ठानकी महासचिव सुधा बास्कोटा ढकालले सहभागी स्रष्टाहरूप्रति स्वागत अभिव्यञ्जना गर्दै ढकाललेनै सहजीकरण गर्नुभएको कार्यक्रममा डेढ दर्जन स्रष्टाहरुले आआफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

आरम्भमै दुर्गा रिमाल अधिकारीले ‘पर्यावरण’ शीर्षकमा प्रकृति संरक्षणको आव्हान गर्दै लोकलयमा गुनगुनाएपछि टेकबहादुर लौडारी नेपाल आमा रिणमा डुबिरहेको चिन्ता व्यक्त गर्दै आफ्नो गजल प्रस्तुत गर्नु भयो भने यज्ञलाल सुवेदीले झ्याउरे लोकलय संरचित रागविराग सुनाउनु भयो ।

बिनुबाबा घिमिरेले ‘जन्मभूमी आमाको सम्झना’ मा रचित कविता, वीरबहादुर लोहनीले ‘वन हाम्रो जीवन’ शीर्षकमा छन्द संरचनामा आधारित कविताको प्रस्तुतिपछि डा.. सीता सुवेदीले ‘छुट्टै छ बाँच्ने कला’ शीर्षकमा राष्ट्रिय संस्कार संस्कृति हराउँदै गएकोमा चिन्ता मुखरित रहेको कविता गुनगुनाउनु भयो । सुवेदीको कविता शार्दूलविक्रीडितमा संरचित गियो ।

त्यसै गरी जगदीश्वर पोखरेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गदै यहाँहरूकै सहभागिताले मात्र अनुपम यहाँसम्म आइपुग्न सफल भएकामा आभार व्यक्त गर्नु भयो र ‘दरार’ शीर्षकमा कलात्मक छन्द सिर्जना प्रस्तुत गर्नु भयो ।

सूर्यकुमार पन्तले ‘बाघको छाला ओढ्ने फ्याउरोको कथ्य’ मा आधारित व्यङ्ग्यात्म गीति सिर्जना प्रस्तुत गर्नुभयो भने सूर्यवदना पण्डितले समसामयिम सन्दर्भ समेटिएको.गजल प्रस्तुत गर्नु भयो ।

मञ्जुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष डा. बमबहादुर जितालीले अनुपमको स्थापनासँगै आफू यसमा जोडिएकोमा गौरव अनुभूति भएको बताउँदै अनुपम, मर्स्याङ्दी, मञ्जुश्री जस्ता साहित्यिक संस्थाहरूले काठमाडौंमा साहित्यिक माहोल सिर्जना गरिरहेको उल्लेख गर्नु भयो । डा. जितालीले अनुष्टुप छन्दमा संरचित मौरी शीर्षकमा अत्यन्त कलात्मक कविता प्रस्तुत गर्नुभयो । उहाँको कवितामा कविलाई रस बटुल्ने मौरीसँग तुलना गरिएको थियो- महका रसयात्रामा जिन्दगी यो बिताउँछु ।

हरिप्रसाद घिमिरेले शिखरिणी छन्दमा अर्को सुन्दर भावभूमिको कविता प्रस्तुति पछि नरनाथ लुइँटेलले वाचित सिर्जनाहरूको सङ्क्षिप्त समीक्षा गर्दै गीत, गजल, छन्द र गद्यशैली संरचनामा प्रस्तुत भएका कविताले नेपाल र नेपालीको वर्तमान स्थिति बोलिरहेको बताउनु भयो । मन्तव्यको अन्त्यमा ‘कविजी अब यस्तो कविता लेखौँ शीर्षकमा हास्यव्यङ्ग्य कविता प्रस्तुत गर्नु भएको थियो भने सुधा बास्कोटा ढकालले मातृ.ममताको अनमोल मोती हुन भन्ने भाव व्यक्त गरिएको वसन्ततिलकामा आमा कविता प्रस्तुत गर्नुभयो ।

प्रमुख आमन्त्रित छन्दशिल्पी कवि पुरुषोत्तम सिग्देलले अनुपमको ३२ औँ श्रृङखलाबाट जोडिएर आएको स्मरण गर्दै अनुपमका कार्यक्रममा सुनाउनै पर्ने आवश्यकता बोध गरे पनि आफूले धेरै कविता रचना गरेको, आफूलाई कविता लेख्न प्रेरित गरेको गरेको उल्लेख गर्नु भयो । उहाँले अनुपमको सिर्जना वाचन कार्यक्रममा वाचित सिर्जना गुणात्मक हिसाबले अत्यन्त स्तरीय रहेकोमा खुसी व्यक्त गर्नु भयो । मन्तव्यपछि सिग्देलले सन्दरर्भ सहित ‘ज्योतिषी’ शीर्षकमा छन्द संरचनामा सशक्त व्यङ्ग्य कविता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष भूवनहरि सिग्देलले पुरुषोत्तम सिग्देलको बहुआयामिक व्यक्तित्वको साथ पाएर अनुपम सिर्जना प्रतिष्ठान गौरवान्वित भएको बताउनु भयो । प्रविधिमा जोडिएर सहभागी हुनुभएका सबै स्रष्टाप्रति आभार र धन्यवाद व्यक्त गर्दै ‘जार-बजार’ शीर्षकको कविताको प्रस्तुतिसँगै कार्यक्रमको समापन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x