साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘लेखकीय सत्ताको सामर्थ्य’ विषयक अन्तरक्रियासँगै सिर्जना वाचन

समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार श्री देवीप्रसाद वनवासीद्वारा व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियोे ।

Nepal Telecom ad

स्याङ्जा, ०८० वैशाख १६ । प्रथम राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा ‘लेखकीय सत्ताको सामथ्र्य’ विषयक अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम सम्पन्न भयो ।

वालिङ नगरपालिका- ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरको अध्यक्षतामा सम्पन्न भएको हो ।

समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार श्री देवीप्रसाद वनवासीद्वारा व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियोे ।

शुरूवातमा ज्ञात/अज्ञात वीर शहीदहरूको सम्झना र सम्मानमा एक मिनेट मौनधारण गरिएको थियोे ।
विशिष्ट आमन्त्रित व्यक्तित्व राष्ट्रिय सभाका पूर्व सदस्य माननीय खगेन्द्रराज रेग्मी, वरिष्ठ साहित्यकार त्रिलोचन ढकाल, वरिष्ठ साहित्यकार डा. अच्युतशरण अर्याल, ज्याग्दिखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, नेपाली लेखक संघ, स्याङ्जाका पूर्व अध्यक्ष कुमार राना, जीवलाल काफ्ले, प्रजातान्त्रिक विचार समाज, स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटी, वरिष्ठ साहित्यकार श्री ध्रुवप्रसाद शर्मा पङ्गेनी, प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष अनन्त अर्याल, युवाकवि शम्भु अर्याल, दीपक लम्साल र नेपाल शिक्षक संघ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेलद्वारा ‘लेखकीय सत्ताको सामथ्र्य’ को बारेमा आफ्नो विचार व्यक्त गरिएको थियो ।

नेपाली लेखक संघ, स्याङ्जाका उपाध्यक्ष युवराज सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको समारोहमा आमन्त्रित व्यक्तित्व लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, सीताराम अधिकारी, यमकान्त खनाल, चण्डिकाप्रसाद भट्टराई, दमकला बगाले, रामचन्द्र भट्टराई, गोपाल जी.टी., देवराज गैह्रे, गोपालप्रसाद अधिकारी, कमला अधिकारी सिग्देल, कमलप्रसाद बगाले, राजेश सुवेदी, श्यामप्रसाद ढुंगाना, विष्णुकुमार श्रेष्ठ, जी.बी. राना, दर्शन पाठक, राजकुमार उपाध्याय, दुर्गा सारु, मालारानी थापा क्षेत्री, सिजन अर्याल,स्मारिका अर्याल, सिम्रन खड्का, सन्चिता सुवेदी र एलिना पौडेल लगायतका महानुभावहरूद्वारा आफ्ना रचना वाचन गरिएको थियोे ।

कार्यक्रमको सहजीकरण नेपाली लेखक संघ, स्याङ्जाका सचिव युवराज पौडेलद्वारा गरिएको थियोे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x