सुलसुलेकवि कविराज स्मृति पुरस्कार समर्पण र गजल वाचन !
रू. पचासहजार एक सय एघार राशिको उक्त पुरस्कार प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल,पुरस्कार संस्थापक कौशिला पोखरेल, रन्जना पोखरेल लगायतले समर्पण गरेका थिए ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कार साहित्यकार तथा पत्रकार व्याकुल पाठकलाई समर्पण गरियो ।
रू. पचासहजार एक सय एघार राशिको उक्त पुरस्कार प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल,पुरस्कार संस्थापक कौशिला पोखरेल, रन्जना पोखरेल लगायतले समर्पण गरेका थिए ।
कवि कविराज पोखरेलले पुरस्कृत स्रष्टा व्याकुल पाठकको लेखनबाट प्रभावित भएर निधन हुनुअघि म नरहेपनि उल्लेखित राशिको पुरस्कार पाठकलाई दिनु भनेर परिवारबिच आफ्नो इच्छा व्यक्त गरेकाले पोखरेल परिवारले कविको स्मृति दिवसको अवसरमा इच्छा अनुरूप उक्त पुरस्कार समर्पण गरिएको हो । साहित्यकार व्याकुल पाठक तीन दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा समर्पित स्रष्टा र सम्पादक हुन् ।
सो कार्यक्रममा गजलकारहरू मधु पोखरेल, देवी पन्थी, किशोर कोइराला, कविता केशरी, हरि कट्टेल, विनोद विवश, प्रयाग न्यौपाने, मुना आत्रेय, विमला पोखरेल, चिरञ्जीवी काफ्ले, टीका सुदिश निरौला, स्वीकृति रेग्मी, सन्तोष आचार्य, भुपाल अधिकारी, अजिता प्रधान, शकुन्तला मन्जरी लगायतले कविलाई स्मरण गर्दै गजल वाचन गरेका थिए भने गीतकार नारद पोखरेलको गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो ।
सो समारोहमा साहित्यकारहरु खेम नेपाली, प्रा डा टङ्कप्रसाद न्यौपाने, विवश पोखरेल, दिङ्लाली कान्छोलगायतले कविराज पोखरेलको साहित्य जीवनबारे प्रकाश पारेका थिए भने पुरस्कृत स्रष्टा पाठकले कविराज पोखरेलसँग आफ्नो प्रत्यक्ष भेट भएको सम्झना नभएको, तर उनको रचनासँग परिचित भएको विचार व्यक्त गर्दै आफूले यो पुरस्कार पाएकोमा आश्चर्य लागेको विचार व्यक्त गरे ।
पुरस्कृत स्रष्टाको परिचय कवि चूडामणि नेपाल अकिञ्चनले र कार्यक्रमको सञ्चालन कवि भेषराज पोखरेलले गरेका थिए । साहित्यकारहरू र पोखरेल परिवारको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम हिमालय दर्शन कलेजको सभाहलमा सम्पन्न भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































