साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीका कार्टुनिस्ट सहित दुई दर्जन कलाकार पुरस्कृत

अबको १५ दिनसम्म यी चित्रहरू नियमित रुपमा अबलोकन गर्न पाइने भएको छ । यी दुई स्थानमा सोमबारबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सो प्रदर्शनीको सोमबार उद्घाटन गरेका छन् ।

Nepal Telecom ad

काठमाडौं । यतिबेला काठमाडौंका नक्साल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी विविध कलामाय भएको छ । अबको १५ दिनसम्म यी चित्रहरू नियमित रुपमा अबलोकन गर्न पाइने भएको छ । यी दुई स्थानमा सोमबारबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ सुरु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा आयोजित सो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सो प्रदर्शनीको सोमबार उद्घाटन गरेका छन् ।

‘म, मेरो देश र मेरो सिर्जना’ भावमा तयार गरिएको प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताएका छन् ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाका अनुसार यो प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहलमा राखिएको छ । यस्तै आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरू नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्सालमा राखिएको छ ।

सोमबार प्रदर्शनी उद्घाटन समारोहमा विभिन्न कलाकारहरूलाई पुरस्कृत गरियो । यसवर्ष अरनिको राष्ट्रिय ललितकला सम्मानबाट मदन चित्रकार र मानबहादुर दोङलाई सम्मानित गरियो । उनीहरूलाई सम्मान स्वरुप जनही १ लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । मन्त्री किरातीले सो सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा जनही २५ हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला लेखन पुरस्कार नगेन्द्रप्रसाद पौड्याललाई र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो ।

संगीता थापालाई कला प्रवर्धन सम्मान र अनिल चित्रकारलाई ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’को सद्भावनादूतको रुपमा सम्मानित गरियो ।

समारोहमा सासामयिक चित्रकला विधामा ६० हजार राशीको राष्ट्रिय ललितकला पुरस्कार यो वर्ष उद्धवराज रिमाल, २५ हजार राशीको ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो ।

परम्परागत चित्रकला विधामा यसवर्षको ६० हजार राशीकै राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई, २५ हजार राशीको ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा ६० हजार राशीको यो वर्षको राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई, यही विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो ।

हस्तकला विधामा यस वर्ष ६० हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । लोककला विधामा यसवर्ष ६० हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई र यही विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरियो ।

परम्परागत मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशीकै यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो ।

समसामयिक मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशीकै यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई र यही विधामा २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ ।

यस वर्षको २५ हजार रुपैयाँ राशीकै ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कणर्ाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो ।

कार्यक्रममा बोल्दै संस्कृति मन्त्री किरातीले मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि सृजना गर्नु पर्ने सुझाब दिए । देशको कुना-कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु कलाकारहरूको कर्तव्य भएको उनले बताए ।

यस्तै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई कस्तो बनाउने भन्ने कुरा कला, भाषा, साहित्य, संगीतले तय गर्ने बताए । यो प्रदर्शनीपछि प्रतिष्ठानले असारको दोस्रो साता भित्रमा ललितकला सम्मेलन गर्ने पनि उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्मा, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रदर्शनीको सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका उपकुलपति लामाले गणतन्त्र दिवसको दिन उत्सवको रुपमा छानेर प्रदर्शनीको आयोजना गरिएको बताए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x