साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १४९ औं आख्यान वाचन कार्यक्रम

कार्यक्रमका प्रमुख अतिथि शरद प्रधानले आख्यानमा अध्ययन, परिष्कार र शिल्पतत्वको महत्वमा चर्चा गर्दै सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम र कृति लोकार्पणको सन्दर्भमा प्रशंसा व्यक्त गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ २० । गोकर्णेश्वर- ८ स्थित ढोल्खाधारा कृष्णमन्दिर कुटीमा सुरभि साहित्यि प्रतिष्ठानको १४९ औँ आख्यान वाचन कार्यक्रम तथा ‘स्मृतिका अध्यायमा प्रह्लाद चालिस’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

प्रतिष्ठानका संरक्षक युवराज मैनालीले सभापतित्व गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि शरद प्रधान हुनुहुन्थ्यो भने अन्य विशिष्ट उपस्थितिमा वरिष्ठ साहित्यकार कणाद महर्षि संस्थाका संरक्षक गोविन्द घिमिरे वेदमणि तथा समाजसेवी दीपकसिंह भण्डारी, डा.प्रभाकर चालिसे, डा.स्वस्तिक अधिकारी, डा.राम अधिकारी, डा.भवानी शङ्कर सुवेदी, डा. दिवाकर भण्डारी, वसन्त रिजाल लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेबाट भयो भने कृतिको समीक्षा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नु भएको थियो ।

सोही दिनको नियमति कथावाचन कार्यक्रममा कथाकार रमेश भटृृराई पुजारी, तारा फुयाँल, सुशील आचार्य, राजेशमान केसी लगायतको सिर्जना वाचन भयो ।

कार्यक्रमका प्रमुख अतिथि शरद प्रधानले आख्यानमा अध्ययन, परिष्कार र शिल्पतत्वको महत्वमा चर्चा गर्दै सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम र कृति लोकार्पणको सन्दर्भमा प्रशंसा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सभापति युवराज मैनालीले लोकार्पित कृतिको सन्दर्भचर्चा, प्रह्लाद चालिसेको व्यक्तित्वमाथिे प्रकाश र उहाँले प्रतिष्ठानलाई दिनुभएको योगदानको प्रशंसा गर्दै भावपूर्ण श्रद्धान्जली सहित सभा विसर्जन गर्नु भएको थियो ।

०००
-नगेन्द्रप्रसाद भटृराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x