साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाद्वारा ‘साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार’ स्थापना

नेपाली भाषाका साहित्यिक पत्रकार र नेपाली मातृभाषाका साहित्यिक पत्रकारलाई समेटी प्रत्येक वर्ष दुई जनालाई जनही रू. ५०,०००/ (रू पचास हजार) राशिको पुरस्कारले पुरस्कृत गर्ने भएको छ।

Nepal Telecom ad

काठमाडौँ, ०८० जेठ २६ ।  नेपालको पत्रकारिताको विकास साहित्यिक पत्रकारिताबाट‌ै भएको हो। जेठो साहित्यिक पत्रकारिताको इतिहास र योगदानको सम्मानस्वरूप नेपाल प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार” स्थापना गरेको छ ।

नेपाली भाषाका साहित्यिक पत्रकार र नेपाली मातृभाषाका साहित्यिक पत्रकारलाई समेटी प्रत्येक वर्ष दुई जनालाई जनही रू. ५०,०००/ (रू पचास हजार) राशिको पुरस्कारले पुरस्कृत गर्ने भएको छ।

कार्यविधि बनाइँदै गरेकाले केही दिनभित्र यसबारे थप जानकारी आउने बताइएको छ ।

केही समयअघि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलाई भेटेर साहित्यिक पत्रकारहरूले साहित्यिक पत्रकारितासम्बन्धी राष्ट्रिय पुरस्कारको माग गरेका थिए ।

पत्रकारहरूले ‘साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार’को माग गरेर कुलपतिको ध्यानाकर्षण गराउँदै पत्र बुझाएका थिए । ज्ञापनपत्रमा ‘‘नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत ‘साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार’को घोषणा गरियोस्’’ भन्ने माग गरिएको थियो ।

साहित्यिक पत्रकारहररूलाई कुलपति राईले दुईवटा साहित्यिक पत्रकारिता सम्बन्धी राष्ट्रिय पुरस्कार घोषणा गर्ने आश्वासन दिएका थिए । त्यसक्रममा कुलपतिले भनेका थिए, ‘‘सम्भावना र अनुकुलताअनुसार एक नेपाली भाषा र दोस्रो मातृभाषा गरी साहित्यिक पत्रकारितासम्बन्धी दुई पुरस्कार घोषणा गर्न पहल गर्ने छु ।’’

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x