सुलसुलेराष्ट्रिय कविता प्रतियोगितामा अविनाश भट्टराई प्रथम
प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठको ‘पहेँलो माटो’ शीर्षकको कविता द्वितीय र झापाका केशव भट्टराईको ‘अपेक्षा’ शीर्षकको कविता तृतीय भएको पौडेलले जानकारी दिनुभयो ।

गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनमा तनहुँमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराईले प्रथम स्थान हासिल गर्नुभएको छ ।
देश तथा विदेशबाट प्रतियोगितामा सहभागी दुई सय ३७ वटा कवितामध्ये भट्टराईको ‘जिन्दगी एउटा पत्रिका हो’ कविता प्रथम भएको संयोजन तथा मूल्याङ्कन समितिका संयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।
गण्डकी वाङ्मय प्रतिष्ठानले दमौलीमा आयोजना गरेको दोस्रो साहित्य सम्मेलनको पहिलो दिन शुक्रबार पुरस्कृतहरूको नाम घोषणा गरिएको थियो ।
सो प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठको ‘पहेँलो माटो’ शीर्षकको कविता द्वितीय र झापाका केशव भट्टराईको ‘अपेक्षा’ शीर्षकको कविता तृतीय भएको पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिषले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेले क्रमशः ५५ हजार, ४० हजार, २५ हजार रूपैयाँ प्राप्त गर्नुभएको छ । यस्तै सान्त्वना हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।
उहाँहरूलाई शनिबार महोत्सवको दोस्रो दिन प्रमुख अतिथि सरुभक्तले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
कविता प्रतियोगितामा कविहरू श्रवण मुकारुङ, भूपिन खड्का र प्रभा भट्टराईले मूल्याङ्कन गर्नुभएको थियो ।
यसैगरी, महोत्सवको पहिलो दिन शुक्रबार कास्कीका नारायणप्रसाद गौतमलाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा प्रतियोगितामा सहभागी २३७ कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समेटेर प्रकाशन गरिएको स्मारिका पनि शुक्रबार विमोचन गरिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































