साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात अभिनव स्मृति पुरस्कार अर्पण गर्दै कवि गोष्ठी

विष्णुदेवी अभिनव साहित्य सिरपा अन्तर्गत भएको स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा जिज्ञाशु पौडेल, लक्ष्मी रायमाझी, अमृत भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ २७ । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकर्णेश्वर न.पा. काठमाडौंमा कृष्णराज पुडासैनीद्वारा स्थापित विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट ओखलढुङ्गाका भोलानाथ सुवेदी पुरस्कृत हुनुभएको छ ।

सुवेदीलाई नगद सात हजारसहित सम्मानपत्र अर्पण गरिएको थियो । सोभन्दा अगाडि साहित्यकार प्रदीपरत्न शाक्यद्वारा स्थापित विष्णुदेवी अभिनव साहित्य सिरपा अन्तर्गत भएको स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा जिज्ञाशु पौडेल, लक्ष्मी रायमाझी, अमृत भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । यस्तै सान्त्वना पुरस्कार जित्न सफल हुनुहुनेमा इष्टपोल मा.वि.का छात्रा आराद्रा ढुङ्गाना हुनुहुन्थ्यो ।

यसका साथै २५६ औँ शृङ्खलाविशेष कवि गोष्ठीसमेत सम्पन्न भएको छ । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, ध्रुव मधिकर्मीको प्रमुख आतिथ्य, विजय चालिसेको विशेष आतिथ्य, शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र रचना वाचन, घनश्याम प्रसाईको अन्य व्यवस्थापन र रचनावाचन, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र वाचित कवितामाथिको टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

कवि गोष्ठीमा सहभागी हुने मध्ये प्रियन्सा कार्की, बुद्धिसागर पौडेल, रत्ननिधि रेग्मी र ललिता दोषीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागी कविहरूमा पवन सङ्ग्रौला, सुरेशचन्द्र घिमिरे, अच्युत पौडेल चिन्तन, डिल्लीराज अर्याल (विशेष अतिथि), खोलाघरे साइँलो, बद्रीप्रसाद सुवेदी, रामकुमार पंडित, हरि डाँगी, माधवलाल श्रेष्ठ, बी.पी. इलामे, बाजुराम पौडेल, उर्मिला पन्त/पोण्डेय, भावना न्यौपाने र गीता बराललगायत एकाउन्नजना रहनुभएको थियो ।

मुक्तक लेखन तथा वाचन प्रतियोगितामा यस पटक इष्टपोल मा.वि., अरुणिमा शैक्षिक प्रतिष्ठान, सरस्वती मा.वि.का विद्यार्थीहरू सहभागी रहनुभएको थियो । सहभागी गराउने विद्यालय र उपस्थित सबैप्रति अभिनवले हार्दिक धन्यवाद व्यक्त गरे थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x