सुलसुलेअरुणिमा-पारिजात हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
मन्तव्यको क्रममा प्रमुख अतिथि डा. राजेन्द्रप्रसाद अधिकारीले साहित्यकार पारिजातको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै विद्यार्थी भाइ-बहिनीहरूले उहाँलाई प्रेरणाको स्रोत मान्नुपर्ने कुरा बताउनुभयो ।

काठमाडौं, ०८० जेठ २८ । अरुणिमा-पारिजात अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा गत १२ गतेदेखि सुरु भएको सो प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा काठमाडौँ जिल्ला भित्रका ५१ ओटा विद्यालयका विद्यार्थीहरू सहभागी थिए । फाइनल प्रतियोगिताबाट ब्राइट फ्युचर सेकेन्डरी स्कुलका विद्यार्थीहरूले प्रथम स्थान प्राप्त गरेका छन् ।
गोठाटार माध्यमिक विद्यालयका विद्यार्थीहरूले द्वितीय तथा भ्याली भ्यू स्कुलका विद्यार्थीहरूले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. राजेन्द्रप्रसाद अधिकारी, सभापति भीमानन्द ढुङ्गाना तथा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले टफ्री, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यव्रmममा मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख अतिथि, साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’ लगायतका वक्ताहरूले प्रतिष्ठानले शिक्षा, नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा दिएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा पारिजात स्मृति प्रतिष्ठानका पदाधिकारीहरू, प्रतिष्ठानका सञ्चालक समिति सदस्य तथा गुठियारहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, साहित्यकारहरू एवम् विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा प्रमुख अतिथि डा. राजेन्द्रप्रसाद अधिकारीले साहित्यकार पारिजातको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै विद्यार्थी भाइ-बहिनीहरूले उहाँलाई प्रेरणाको स्रोत मान्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रमको उद्घोषण विद्यालयका नेपाली शिक्षक अच्यूत घिमिरेले गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































