साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको ६१ औं प्रविधिमैत्री कविगोष्ठी

डा. बमबहादुर थापा जितालीको सभापतित्वमा र गायिका आरती आरोहीको प्रमुख आतिथ्य र गङ्गा लिगलको विशेष आतिथ्यमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार १ । मञ्जुश्री साहित्यिक समाजको एकसठ्ठिऔं प्रविधि मैत्री कवि गोष्ठी डा. बमबहादुर थापा जितालीको सभापतित्वमा र गायिका आरती आरोहीको प्रमुख आतिथ्य र गङ्गा लिगलको विशेष आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा मुकुन्द शर्मा चालिसे, दुष्यन्त भट्टराई, द्वारिका कुइकेल, हरि खनाल, जगदीश्वर पोखरेल तथा अतिथिमा भुवनहरि सिग्देल, टेकबहादुर लौडारी, सावित्रा, चन्द्रावती अधिकारी, उर्मिला पन्त, उत्तम भेट्वाल आदि कविहरूको सहभागिता जनाएका थिए । सबै स्रष्टाले सुन्दर समसामयिक सिर्जना वाचन गर्नुभएको थियो ।

उक्त साहित्यिक समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र विशिष्ट व्यक्तिको सिर्जना र मन्तव्यले समारोह गरिमामय बनेको थियो । समारोहको सञ्चालन संस्थाका सचिव वीरबहादुर लोहनीले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न वणर्मात्रिक छन्द, लोकछन्द,, गीत, गजल र स्वच्छन्द कविता वाचन भएका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x