साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान हुनुपर्छ

सो अवसरमा बोल्दै कुलपति राईले दुवै पुस्तकहरू दुई देशबिच भाषिक, साहित्यिक, सांस्कृतिक एवम् कलाको आदानप्रदानमा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० असार ३ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक शनिवार विमोचन गर्नुभयो ।

नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल-भारत पुस्तकालय काठमाडौँमा आयोजित ‘पुस्तक विमोचन एवम् परिचर्चा’ कार्यक्रममा सहभागी भई कुलपति राईले डा. श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा. रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनूदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै कुलपति राईले दुवै पुस्तकहरू दुई देशबिच भाषिक, साहित्यिक, सांस्कृतिक एवम् कलाको आदानप्रदानमा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबिचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पु-याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास कुलपति राईले व्यक्त गर्नुभयो । तथापि नेपालमा प्रकाशित पुस्तक भारततर्फ लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आउने गरेको भन्दै उहाँले उक्त समस्या सम्बोधनका लागि पहल गर्न दूतावासको ध्यानाकर्षण पनि गराउनुभयो ।

दूतावासका प्रेस सूचना एवम् संस्कृति प्रभागका अताशे सत्येंद्र दहियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. आशावरी बापट, भारतीय विद्वान् डा. सच्चिदानन्द मिश्र, नेपाली साहित्यकार डा. गङ्गाप्रसाद अकेलालगायत विमोचित पुस्तकका लेखक डा. दीप्ति र अनुवादक डा. राकेशले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

०००
– रवीन्द्र तिमल्सिनाबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x