साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद्मश्री साहित्य पुरस्कार ०७९ का लागि उत्कृष्ट १५ कृति छनोट

दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ । विज्ञप्तिमा वि. सं २०७९ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १८० पुस्तक प्राप्त भएका थिए ।

Nepal Telecom ad

चितवन, ०८० असार १५ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कारका लागि ०७९ का उत्कृष्ट १५ कृतिहरूको नाम सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि उत्कृष्ट १५ कृतिहरूको नाम सार्वजनिक गर्नु भएको हो ।

छनोटमा परेका कृतिहरू वणर्ानुक्रमअनुसार ‘आतोओडा’ (जानुका खतिवडा), ‘इजोरिया’ (सुबिन भट्टराई), ‘ऐँठन’ (विवेक ओझा), ‘चिसो बाफ’ (गोपी सापकोटा), ‘थाङ्ग्रा’ (प्रगति राई), ‘पर्वतपर्वतमा बटुवा घाम’ (रमेश क्षितिज), ‘पानीघट्ट’ (सुरेश प्राञ्जली), ‘ब्रम्हास्त्र’ (शैलेन्द्र अधिकारी), ‘बाआमा’ (रामलाल जोशी), ‘भग्न भैरव’ (प्रोल्लास सिन्धुलीय), ‘मनु’ (डा. देवीप्रसाद सुवेदी), ‘मफलर’ (प्रदीप रोदन), ‘यशोधरा’ (हरिबोल काफ्ले), ‘शून्यको मूल्य’ (डा. नवराज केसी) र ‘सन्तापको धून’ (अशोक थापा) रहेका छन् ।

चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ ।

विज्ञप्तिमा वि. सं २०७९ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १८० पुस्तक प्राप्त भएका थिए । यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि निर्णायक  समितिले प्रतिष्ठानलाई यी १५ पुस्तकको सिफारिस उपलब्ध गराएको कुरा उल्लेख गरिएको छ ।

वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक  मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x