सुलसुलेजनार्दन खनालको ‘घुम्दै फिर्दै’ विमोचित
कार्यक्रममा वक्ता तथा झरनाका पूर्व अध्यक्ष दीपक गौतमले झरनाले प्रकाशन गरेका कृतिमध्ये सातौँ कृति विमोचन भएको तथा लोकलयमा आधारित यस कृतिले स्थान विशेषको चर्चा गरेको बताउनुभयो ।

हेटौँडा, ०८० असार १६ । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरका संरक्षक जनार्दन खनालको ‘घुम्दै फिर्दै’ यात्राकाव्य सङ्ग्रह विमोचन गरिएको छ ।
झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षता, साहित्य सर्जक रामचन्द्र आचार्य फुर्सदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, बकैया गापा पूर्व अध्यक्ष दामोदर खनाल, लक्ष्मी खनाल रहनु भएको थियो ।
झसाप उपाध्यक्ष चिरञ्जीवि लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा पुरस्कार संस्थापक तुलसी गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वक्ता तथा झरनाका पूर्व अध्यक्ष दीपक गौतमले झरनाले प्रकाशन गरेका कृतिमध्ये सातौँ कृति विमोचन भएको तथा लोकलयमा आधारित यस कृतिले स्थान विशेषको चर्चा गरेको बताउनुभयो ।
साहित्य सर्जकहरू भावना सापकोटा, राजकुमार लामिछाने, छवि अनित्य, माधव पोखरेल, सानु खनाल, डिबी बर्तौला, रमेशमोहन अधिकारी, देवराज खरेल, देवराज तिवारी, सुवास खनाल, पुरस्कार संस्थापक भूमिनन्द गौतम, समीक्षक घनश्याम घिमिरे, समर्पण न्यौपाने, हरि पौडेल, मनोज पोखरेल, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, अमृता लामिछाने, रजनी पौडेल, श्यामकुमार बानियाँ आदिको उपस्थिति रहेको थियो ।
हेटौँडा क्याम्पस सभा हलमा सञ्चालित कार्यक्रम झसाप सचिव मसान उपासकले सञ्चालन गर्नुभएको हो ।
०००
– हेटौडाबाट संप्रस पौडेल
Subscribe
Login
0 Comments
Oldest











































