साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुर साहित्य कला प्रतिष्ठानको दुई दिने कार्यक्रम

प्रमुख अतिथि कुलपति भुपाल राईले उदयपुर साहित्य कला प्रतिष्ठानले एकल भाषामा मात्र नभएर विविध भाषामा पत्रिका प्रकाशन गर्दा राम्रो हुने र यसले सबै भाषाभाषीहरूका कवि लेखक उत्साहित भएर लेखनमा लाग्ने बताउनु भयो ।

Nepal Telecom ad

गाईघाट, उदयपुर ०८० असार १९ । उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटले यही असार १७ र १८ गो दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिने कार्यक्रमको पहिलो सत्र असार १७ गते सोमबार उ.सा. कला प्रतिष्ठानद्धारा प्रकाशित माधव पोखरेल गोज्याङ्ग्रेद्वारा सम्पादित ‘उदयपुर सौगात’ त्रेमासिक पत्रिका तथा भिम पौडेल घाँसेद्वारा लिखित उपन्यास झड्केलो छोरो, ऋृषिकेश पोखरेलद्वारा लिखित तीन थान पुस्तक ‘मेरा विविध आयामहरू’, ‘मेरा जीवनका मोडहरू’ र लघुकथा सङ्ग्रह ‘रहर’ कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विशिष्ट अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत, पूर्व प्रदेशसभा सदस्य अम्बिका थापा, लेखकद्वय पोखरेल र घाँसे, त्रियुगा जनता बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र रोका, कार्यक्रमको अध्यक्षता गर्नु भएका उ.सा. कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाशकुमार राई लगायतकाले सामुहिक रूपमा लोकार्पण गर्नु भएको थियो ।

सो कार्यक्रममा लोकार्पित पुस्तक ‘झड्केलो छोरा’को समीक्षा हरिविनोद खतिवडाले, ‘मेरा विविध आयामहरू’को समीक्षा सन्तोष थापाले, ‘मेरा जीवनका मोडहरू’को समीक्षा जे.बि. खड्का र लघुकथा सङ्ग्रह ‘रहर’को समीक्षा हर्कनारायण श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति भुपाल राईले उदयपुर साहित्य कला प्रतिष्ठानले एकल भाषामा मात्र नभएर विविध भाषामा पत्रिका प्रकाशन गर्दा राम्रो हुने र यसले सबै भाषाभाषीहरूका कवि लेखक उत्साहित भएर लेखनमा लाग्ने बताउनु भयो ।

कार्यक्रममा प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमला, पुण्य कार्की, रामचन्द्र आचार्य, अम्बिका थापा, ऋषिकेश पोखरेल, पुस्तकका प्रकाशक तुलसीप्रसाद पोखरेल, अर्जुन गुप्ता, उद्धव घिमिर, शैलेन्द्र खतिवडो लगायतका वक्ताहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रमको संचालन सरिता पोडेल गुरागाईले गर्नु भएको थियो भने सो अवसरमा त्रियुगा संगीत विद्यालयका भाइ बहिनीहरूले निर्देशक शैलेन्द्र खतिवडको शब्द र संगीतको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

यस्तै उ.सा.कला प्रतिष्ठानको दोस्रो दिनको कार्यक्रम भने साहित्यिक पर्यटन प्रवद्र्धन अन्तर्गत रौता पोखरी भ्रमणमा केन्द्रित थियो । प्रमुख अतिथि कुलपति भुपाल राई, प्राज्ञसभा सदस्य चेतनाथ धमला, रविन्द्र तिम्सिना, ताराबहादुर बुढाथोकी, संझा दनुवार, रमेशचन्द्र रोका, महेन्द्र राई, बासु पोखरेल, उद्धव घिमिरे, हर्कनारायण श्रेष्ठ, चन्द्रनारायण चौधरी, विष्णु खड्का, सिर्जना सरोवर, डा. कैलाशकुमार राई, माधव पोखरेल गोज्याङ्ग्रे, विदुर खड्का, भिम पौडेल घाँसे,नन्दलाल आचार्य लगायतकाले रौता पोखरी को अवलोकन भैमण गर्नु भएको थियो ।

पोखरीको अवलोकन भ्रमण पश्चात रौतामाई गाउँपािलका वडा नं ६ वडा कार्यालयमा आयोजित साहित्यिक पर्यटन प्रवद्र्धनमा साहित्यिक पत्रकारहरूको भूमिका विषयक छलफल कार्यक्रम र कवि गोष्ठी भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कुलपति भुपाल राईले साहित्यकारहरूले पर्यटन प्रवर्धन कार्यमा ठूलो भूमिका निर्वाह गर्न सक्ने बताउँदै साहित्यकारहरूले कविता, गीत, मुक्तक, कथा, निबन्ध, यात्रा संस्मरण लगायतका विधा उपविधामा कलम चलाउन सक्ने र यसका लागि स्थलगत अध्ययनले रचना प्रभावकारी हुने बताउनु भयो । उहाँले रौता पोखरीलाई उदयपुरको मात्र नभएर पूर्वको रारा भन्दा फरक नपर्ने र यसको भौतिक पूर्वाधार तथा संरक्षण संवद्र्धन गरेमा पर्यटकीय क्षेत्रको संभावना बोकेको पोखरीका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि रौतामाई गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रबहादुर थापाले रौता पोखरीको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रममा गाउँपालिका निरन्तर लागिरहेको र पहिलेको तुलनामा अहिले पोखरीको स्वरुप परिवर्तन भएको बताउनु भयो । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले प्रकृति र संस्कृतिले रौतामाई गाउँपालिकालाई अथाह श्रोत दिएको तर त्यसको उचित संरक्षण हुन नसकेको स्वीकार्दै नेपालको झर्नाहरु मध्ये छैठौ स्थानमा रहेको ओढारी झर्ना पनि रौतामाई गाउँपालिका भित्रै रहेकोले पर्यटन प्रवद्र्धन कार्यक्रम प्राथमिकतामा राखेको र गाउँपालिकाले कृषि पर्यटन प्रवद्र्धन कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । यस्तै रौतामाई गाउँपालिका ६ नं वडाध्यक्ष पृथ्वी कुमार राईले रौता पोखरीको एेतितहासिक महत्वका बारेमा जानकारी दिनु भएको थियो ।

उ.सा. कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार रायको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष बासु पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले गर्नु भएको थियो । सो अवसरमा कविहरू उद्धव घिमिरे, संझा दनुवार, सिर्जना सरोवर, ताराबहादुर बुढाथोेकी, महेन्द्र राई, विष्णु खड्का, हर्क नारायण श्रेष्ठ, माधव पोखरेल गोज्याङ्ग्रे लगायतका कविहरूले रौता पोखरी सम्बन्धी कविता वाचन गरेका थिए ।

०००
माधव पोखरेल गोज्याङ्ग्रे गाईघाट, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x