साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान अर्पण

इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले समर्पण गरे भने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गरे ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २२ । उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

सो अवसरमा यसअघि घोषित लीलाध्वज साहित्य सम्मान इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले समर्पण गरे भने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गरे ।

सम्मानमा २५ हजार नगदसहित सरस्वतीको मूर्ति समेत रहेको छ । पुरस्कार ग्रहण गरिसकेपछि समारोहलाई सम्बोधन गर्दै नेपालले सम्मान ग्रहण गर्दा खुशी लागेको बताए ।

सो अवसरमा कविहरु प्रा.रमेश शुभेच्छु, मोमिला जोशी, वलराम दाहाल, सीता भट्टराई र काजी रोशनले आ-आफ्नो कविता वाचन गरेका थिए ।

समारोहलाई प्रमुख अतिथिका हैसियतले सम्बोधन गर्दै प्रा.माथेमाले विद्वान अन्वेषक, साहित्यकार जस्तो लुकेको प्रतिभालाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले छानेर उपयुक्त व्यक्तिलाई सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

सभालाई प्रमुख वक्ता प्रा डा लेखप्रसाद निरौलासहित प्रा.डा रामप्रसाद ज्ञवाली, साहित्यिक पत्रकार रोचक घिमिरेले समेतले सम्बोधन गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x