साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको २१० औँ भानुजयन्ती, कविगोष्ठी र पुस्तक लोकार्पण

अभिनवको २५७ औँ शृङ्खलाविशेष कविगोष्ठीकै सिलसिलामा तरुण प्रधानद्वारा व्याख्या, अबिनेशद्वारा अनुवादित तथा प्रकाशित र रामुकुमार पण्डित सहजकर्ता हुनुभएको दत्तात्रेयले रचना गर्नुभएको ‘अवधूत गीता’को लोकार्पण समेत सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० । असार ३० । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकर्णेश्वर न.पा. काठमाडौंमा आदिकवि भानुभक्त आचार्यको २१० जयन्तीको अवसरमा उहाँको तस्विरमा माल्यार्पण गर्दै भानुभक्तीय रामायणको पाठ, भानुविशेष कविता र लोक साहित्यमा आधारित गीतविशेष कार्यक्रम सम्पन्न भएको छ ।

अभिनवको २५७ औँ शृङ्खलाविशेष कविगोष्ठीकै सिलसिलामा तरुण प्रधानद्वारा व्याख्या, अबिनेशद्वारा अनुवादित तथा प्रकाशित र रामुकुमार पण्डित सहजकर्ता हुनुभएको दत्तात्रेयले रचना गर्नुभएको ‘अवधूत गीता’को लोकार्पण समेत सम्पन्न भएको छ ।

समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, तिलक लुइटेलको प्रमुख आतिथ्य, मुकुन्द आचार्य र शीतल गिरीको विशेष आतिथ्यमा सो कार्यक्रम भएको हो । लोकार्पित पुस्तकको विषयमा अच्युतप्रसाद पौडेल चिन्तन, तिलक लुइटेल र शीतल गिरीले प्रकाश पार्नुभएको थियो ।

शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र रचना वाचन, घनश्याम प्रसाईंको रचना वाचन र अन्य व्यवस्थापन, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिबाट धन्यवाद ज्ञापन र वाचित कवितामाथिको टिप्पणी प्रस्तुत भएको थियो ।

कवि गोष्ठीमा सहभागी हुनेमध्ये सीताराम पोखरेल, सुचिता काफ्ले, दीपिका दाहाल, कृष्टिना तामाङ र गङ्गाप्रसाद भेटवाललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागी कवि/कवयित्रीहरूमा पवन सङ्ग्रौला, सुरेशचन्द्र घिमिरे, खोलाघरे साइँलो, बद्रीप्रसाद सुवेदी, रामकुमार पण्डित, माधवलाल श्रेष्ठ, बी.पी. इलामे, बाजुराम पौडेल, उर्मिला पन्त/पाण्डेय, भावना न्यौपाने, गीता बराल, सुशील आचार्य, राजेशमान के.सी., हुहुन्थ्यो ।

त्यसै गरी अन्य सहभागीहरूमा मधुसूदन घिमिरे, रत्ननिधि रेग्मी, दुर्गा अधिकारी, निर्मलरमण पराजुली, रामचन्द्र दाहाल, गोविन्द संगत महर्जन, थरेन्द्र बराल, कृष्ण नेपाल, बाजुराम पौडेल, सुमन पुडासैनी, आकाश थिङ, सरस्वती चौलागाइँ प्रदीपरत्न शाक्य, जानुका भट्टराई, भारद्वाज मित्र, मञ्जुश्री प्रधान के.सी रानु, उद्धव रायमाझी, निर्मला भट्टराई, गोपाल रिजाल, परशुराम पराजुली, महेश वाग्ले र शैलेन्द्र श्रेष्ठलगायत ७५जना रहनुभएको थियो ।

सहभागी सबैप्रति आयोजकका तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ ।

०००

तस्विर : खाेलाघरे साहिँलाे 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x