साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त तिमी फेरि आऊ

चपला अवला अपहरणमा परेछन सारा नारा साथै सडकमा झरेछन एकदिन नारद सिंहदरबार पुगेछन कहाँ सिंह हुनु स्याल पो रहेछन !

Nepal Telecom ad

रामकुमार पाँडे

भानुभक्त तिमी फेरि आऊ
देश बिगृयो रामराज्य ल्याऊ
भ्रस्ट र दुष्ट ठेगान लगाऊ
ब्यङ्ग्य ठोकी जन्ता जगाऊ ।

नाचे लामखुट्टे मन्त्री नै सदनमा
रक्त अल्पता भो नेपाली बदनमा
उडुसै भए नेता सम्पत्ती भो भर्मार
समृद्धिको सपना देखियो लूटमार ।

सत्तामुखी अलछिन पो परेछ
गर्नु नगर्नु भ्रस्टाचार पो गरेछ
चोरी सोरि ढुकुटी फोरि मारेछ
देश कोमल सुकुटी नै पारेछ ।

हे राम भन्दै सज्जन उठेछन
हरामहरुले देश घेरी लुटेछन
बापत्ती बिपत्ती थुप्रै भएछन
बीरका सन्तान कहाँ गएछन !

साधु बिराला ती काशी झरेछन
नेता नक्कली मकुन्डो भिरेछन
शासना दिने शासन ल्याएछन
रामराज्यमा ढेडु पो आएछन ।

चपला अवला अपहरणमा परेछन
सारा नारा साथै सडकमा झरेछन
एकदिन नारद सिंहदरबार पुगेछन
कहाँ सिंह हुनु स्याल पो रहेछन !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x