साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोइरालाको ४१ औँ स्मृति दिवसमा अन्तरक्रिया एवम् सिर्जना वाचन

वालिङ नगरपालिका - ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको हलमा सम्पन्न कार्यक्रम नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरद्वारा संयोजन गरिएको थियो ।

Nepal Telecom ad

स्याङ्जा, ०८० साउन ६ । विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा ‘विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनैतिक विचार” विषयक अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वालिङ नगरपालिका – ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको हलमा सम्पन्न कार्यक्रम नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरद्वारा संयोजन गरिएको थियो ।

नवोदित कवि सजिना खातुनद्वारा आफ्नो कविता वाचन गरेसँगै शुरु भएको कार्यक्रममा स्याङ्जाली कविहरू दिलीप तिवारी, पारिश्वर न्यौपाने, लोकहरि पाण्डेय क्षितिज, खगेन्द्र अर्याल, हरिप्रसाद पङ्गेनी, शम्भु अर्याल, सीताराम अधिकारी, बोधराज न्यौपाने, कमलप्रसाद बगालेद्वारा आआफ्न कविता र लघुकथा वाचन गरिएको थियोे ।

जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाका अध्यक्ष कवि नारायणप्रसाद ज्ञवाली र प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष कवि अनन्त अर्यालद्वारा “विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक विचार” को बारेमा र स्याङ्जाली अग्रज साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी एवम् स्याङ्जाली अग्रज समाजसेवी मुक्तिप्रसाद सुवेदीले मन्तव्यसँगै कविता प्रस्तुत गरिएको थिए ।

समारोहमा गोविन्द तिवारी, राजकुमार उपाध्याय, मातृका अर्याल र श्यामप्रसाद ढुंगाना लगायतका साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियोे ।

०००
– समीर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x