साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेत्र पन्थीद्वारा लिखित ‘लेफ्टराइट’माथि बहस

वक्ता प्रल्हाद लामिछानेले यस पुस्तकमाथि पाठकीय दृष्टिकोण राख्नु भएको थियो । कार्यक्रममा पाठक र स्रोताहरूको प्रश्नमाथि लामिछानेले जवाफ दिनुभएको थियो ।

Nepal Telecom ad

मकवानपुर, ०८० साउन १२ । नेत्र पन्थीद्वारा लिखित लेफ्टराइट पुस्तकमाथि किताबघरमा बहस गरिएको छ ।

वक्ता प्रल्हाद लामिछानेले यस पुस्तकमाथि पाठकीय दृष्टिकोण राख्नु भएको थियो । कार्यक्रममा पाठक र स्रोताहरूको प्रश्नमाथि लामिछानेले जवाफ दिनुभएको थियो ।

सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिलले या पुस्तकमा तिथिमितिहरूसहित विभिन्न घटनाक्रम उल्लेख गरिएको हुँदा यसलाई आधिकारिक मान्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा लामिछानेले आधिकारिक मान्न सकिने बताउनुभयो ।

प्रश्नका क्रममा राजेन्द्र सिम्खडाले पुस्तकको नाम लेफ्टराइट राखेर किताबमाथि अन्याय भयो कि भएन अर्थात् ‘सेन्टर’ किन राखिएन भनेर प्रश्न गर्नुभयो ।

प्रतिउत्तरमा लामिछानेले लेखकले केन्द्रमा रहेर लेखेको हुनसक्ला तर कता कता लेखक पनि माओवादी पार्टीभित्रै रहेको जस्तो मात्रै नभई माओवादीका आधिकारिक तिथिमिति नै यसभित्र लेखिएका कारण यो पुस्तक झनै आधिकारिक रहेको बताउनुभयो ।

लामिछानेले राजनीतिमा चासो राख्ने तथा लेफ्ट धारणालाई अङ्गीकार गर्ने पाठकले मात्रै नभई राजनैतिक दलका नेताहरूले समेत नपढी नहुने पुस्तकका रूपमा रहेको बताउनुभयो । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जसले जे माग्यो, लौ दिन्छु भन्ने खालका भएकाले टुँडिखेलकै टुक्रा पास गरी माग्दा पनि दिन्छु भन्नेजस्ता रहेका भनी पुस्तकमा व्यङ्ग्यसहित उठाइएको बारे पनि चर्चा गर्नुभयो ।

यस्तै पत्रकार ध्रुव अधिकारीले माओवादी आन्दोलनमा शुरूदेखि नै सक्रिय सहभागिता रहनुभएकोले किताबमा उठाइएका कतिपय विषयले चित्त दुख्छ कि दुख्दैन भनी सोध्नुभयो । सो प्रश्नमा माओवादीभित्र रहेर आलोचना गर्न नसकिएका तर सुधार गर्नुपर्ने कुराहरू बोल्न नसकिँदा पनि पन्थीले लेखिदिएकाले आफू सोही पार्र्टीभित्र रहेकाले खुशी लागेको लामिछानेले धारणा राख्नुभयो ।

कार्यक्रममा गजलमञ्च मकवानपुरका सचिव हरि पौडेलले किताबको नामअनुसारको सैद्धान्तिक विषयवस्तुबारे गर्नुभएको प्रश्नमा लामिछानेले ती सबै विषयवस्तुका अतिरिक्त विविध तथ्य, प्रचण्डका भाषण, कुराकानी, विविध सम्झौताबारे चर्चा गरिएको विचार राख्नुभएको थियो ।

सर्जकहरू अनिता न्यौपाने, यश लामा, डिबी बर्तौला, बैकुण्ठ लामिछाने, माधव पोखरेल, टिका अविरल आदिको सहभागिता रहेको थियो ।

हरेक शनिबार एक पुस्तकमाथि बहस गरिरहेको किताबघरको आजको कार्यक्रम सञ्चालक छवि अनित्यले गर्नुभयो ।

०००

– हेटौँडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x