सुलसुलेगजलमय बन्यो सौराहा, सुनिए २७ जनाका गजल
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार केशवराज आमोदी, अतिथि रामबाबु घिमिरे, लेखराम सापकोटा र अम्बिका कार्कीले चितवनको गजल गतिविधि लोभलाग्दो रहेको भन्दै यस कार्यक्रममा एकैपटक धेरै स्रष्टालाई मञ्चमा ल्याउनु आयोजकको ठूलो उपलब्धि भएको बताए ।

सौराहा- चितवन, ०८० साउन १३ । पर्यटन नगरी सौराहा शनिबार गजलमय बनेको थियो । काव्यकुञ्ज साहित्य प्रतिष्ठान रत्ननगरको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाका २७ जना गजलकारहरूले एउटै मञ्चमा उभिएर गजल सुनाएका थिए ।
बाहिर झमझम पानी परिरहेको भएपनि गैरीबारी रिसोर्टको सभाहल निकै तातिएको देखिन्थ्यो । सभाहलमा खचाखच भरिएका स्रष्टा र श्रोताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा २७ जना स्रष्टाहरूलाई पालैपालो मञ्चमा राखिएको थियो ।
सुमन कडरिया, रामशरण थपलिया, सीता कँडेल, मणिराम नेपाल, रामलाल कुमाल, राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना लोहनी, गिरीराज अधिकारी, यमुना अधिकारी न्यौपाने, चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी, गिरीराज डल्लाकोटी, सुमन अविरल, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन, विकास बराल, धनराज गिरी, किसान प्रेमी, सरला जोशी, रमेश प्रभात, विष्णु तिवारी उषा र अन्त्यमा प्रशान्त सागरले गजल प्रस्तुत गरेका थिए । प्रत्येक स्रष्टाले दुईवटाका दरले गजल वाचन गरेका थिए ।
अधिकांश गजल प्रणयभावका थिए भने राजनीतिक बेथिति, देशप्रेम, सामाजिक परिवेश र दर्शनका विविध पक्षमा लेखिएका गजल समेत स्रष्टाहरूले वाचन गरेका थिए । गजल सुन्न आएका स्रस्टाहरूको पनि बाक्लो उपस्थिति देखिन्थ्यो ।
बाँकेका स्रष्टा मणि अर्यालले गजल सुन्नकै लागि काठमाडौंबाट चितवन आएको बताएका थिए । कार्यक्रमको सहआयोजक रहेको गैरीबारी रिसोर्टका शिव भुसालले चितवनका स्रष्टाहरूलाई आफ्नो रिसोर्टमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार केशवराज आमोदी, अतिथि रामबाबु घिमिरे, लेखराम सापकोटा र अम्बिका कार्कीले चितवनको गजल गतिविधि लोभलाग्दो रहेको भन्दै यस कार्यक्रममा एकैपटक धेरै स्रष्टालाई मञ्चमा ल्याउनु आयोजकको ठूलो उपलब्धि भएको बताए ।
काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सहजीकरण गरेका थिए ।
०००
‘कायाकैरन’ बाट
Subscribe
Login
0 Comments
Oldest












































