साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनको कविता

सुनैले राँको बालेका छन् सुनैले सत्ता ढालेका छन् खल्ती बिझाउँने पनि सुन आफ्ना (कतिलाई त अर्काका पनि) श्रीमती रिझाउँने पनि सुन यी साह्रा कुरा जब मैले देखें तब त सुनको कविता लेखें ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

सुन कान्छा सुन
यी सबै सुनकै हुन्
ल्याउने पनि सुन लाने पनि सुन
लुट्ने पनि सुन लुटिने पनि सुन
सुन कान्छा सुन ।

यति बिघ्न सुनको पछाडि लाग्ने यी मान्छे को हुन् ?
दाइजो माग्ने पनि सुन
ठगी भाग्ने पनि सुन
घाँटीमा टल्काउँने पनि सुन
कानमा झल्काउँने पनि सुन
धनाढ्य देखाउँने पनि सुन
सम्पत्तिमा लेखाउँने पनि सुन
सुन कान्छा सुन ।

दिनदहाडै सडकमा लुटिने पनि सुन
एक्लै भए गुण्डाबाट कुटिने पनि सुन
हरेक दिनको समाचारमा पढिने पनि सुन
(केही नपाए सुनको भाउ त भन्छ)
हरेक दिन मोल चढिने पनि सुन
सुनले नै बनाएको छ भ्रष्टाचारी
थाम्न नसकेर भाग्दैछन् सुन व्यापारी
सुन कान्छा सुन ।

घाँटीमा कसेर मोटो सिक्री
नक्कली धनाढ्यता पस्कनेहरू
प्रतिस्पर्धामा प्रदर्शित छड्के तिलहरी
लगाएर पार्टीमा घस्कनेहरू
सबैको हेराइमा सुन
राजा मिडास झैं श्वास फेराइमा सुुन
भन्सार छलेर निस्कने पनि सुन
राजनीतिमा जिस्कने पनि सुन
मृत्यु संस्कारमा पुरेतबाजेलाई दान गर्ने पनि सुन
पदक पुरस्कारमा मान गर्ने पनि सुन
श्रीमती बनाउँन लाइने तिलहरी पनि सुन
भगवानलाई चढाइने जलहरी पनि सुन
सुन कान्छा सुन ।

सुनैले राँको बालेका छन्
सुनैले सत्ता ढालेका छन्
खल्ती बिझाउँने पनि सुन
आफ्ना (कतिलाई त अर्काका पनि)
श्रीमती रिझाउँने पनि सुन
यी साह्रा कुरा जब मैले देखें
तब त सुनको कविता लेखें ।
सुन कान्छा सुन ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x