साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ७९औं शृङ्खला

मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व साहित्यिक अभियन्ता काजी रोशनको प्रमुख तथा साहित्यकार विमल अर्याल, कविराज घिमिरेको विशिष्ट आतिथ्यमा समाजको ७९औं शृङ्खला सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन १३ । मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व साहित्यिक अभियन्ता काजी रोशनको प्रमुख तथा साहित्यकार विमल अर्याल, कविराज घिमिरेको विशिष्ट आतिथ्यमा समाजको ७९औं शृङ्खला सम्पन्न भयो ।

संस्थाका कोषाध्यक्ष कवि खोलाघरेको सञ्चालनमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न सो कार्यक्रममा सभाध्यक्ष अर्यालले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै राष्ट्रकवि माधव घिमिरेका केही श्लोक वाचन गरेर रचनावाचनको प्रारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा डिल्लीराज अर्याल, घनश्याम प्रसाईं, दीनानाथ पोखरेल, विमल अर्याल, शारदा पराजुली, नूरदेव खनाल, मेनका पोखरेल, विद्या अनामिका, भुवन शिवाकोटी चौघरे, सम्पत् काफ्ले, रत्ननिधि रेग्मी शुक्राचार्य, सुमन पुडासैनी, डा. टि पि बराकोटी, परशुराम पराशर, कविराज घिमिरे, आर सि रिजाल, बुद्धिसागर पौड्याल, पार्वती भट्ट, केशव ज्ञवाली, भावना न्यौपाने, अप्सरा पोखरेल, राजन पुडासैनी, सिकारु राम, तोयानाथ सुवेदी, शिव घिमिरे, खोलाघरे साहिंलो, काजी रोशन लगायतका स्रष्टाहरूले आआफ्ना भजन, कविता, मुक्तक, गजल प्रस्तुत गर्नुभएको थियो ।

रेणुका गेलाल, शारज्ञा पुडासैनी, विष्णु चापागाईं मोहनप्रसाद भट्ट, कपिल अर्याल, लक्ष्मणप्रसाद खनाल, चिरञ्जीवी रेग्मी, छत्रभूषण दाहाल लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको सो कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरू आर सि रिजाल, खोदनाथ चापागाईं एवं प्रमुख अतिथि काजी रोशनले आआफ्ना भनाइ राख्दै आफ्ना तर्फबाट संस्थाको उन्नतिका निम्ति हरसम्भव सहयोग गर्ने वचनसहित शुभकामना दिनुभएको थियो ।

कार्यक्रम बडो शान्तिपूर्ण रूपमा करिब तीन घण्टासम्म चलेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x