सुलसुलेकर्माचार्य र ठकुरी सहित तेह्र सर्जकलाई अभिनन्दन गरिँदै
अभिनन्दित हुने वरिष्ठ सर्जकहरूमा मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शमा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी.आर. उपाध्याय रहनुभएको छ ।

काठमाडौं, ०८० साउन १९ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई ‘सापस स्वर्ण महोत्सव सम्मान’द्वारा अभिनन्दन गर्ने भएको छ ।
अभिनन्दित हुने वरिष्ठ सर्जकहरूमा मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शमा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी.आर. उपाध्याय रहनुभएको छ । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक र प्रमोद प्रधान र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहेको सिफारिस समिति बनेको थियो । उहाँहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन गरिनेछ । वि.सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले गत साउन १३ गते डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो ।
यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































