साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘इन्टरनेट र प्रगतिशील साहित्य’ प्रलेसको छयसट्ठिऔँ परिसंवाद

इतिहासको विभिन्न कालखण्डमा छापा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पूर्व अध्यक्ष मातृका पोखरेलले अहिलेको सन्दर्भमा इन्टरनेटलाई साध्यको रूपमा होइन, साधनको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

Nepal Telecom ad

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेलले प्रगतिशील साहित्यलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

प्रलेस केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित ‘इन्टरनेट र प्रगतिशील साहित्य’ छयसट्ठिऔँ परिसंवादमा धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

इतिहासको विभिन्न कालखण्डमा छापा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पूर्व अध्यक्ष मातृका पोखरेलले अहिलेको सन्दर्भमा इन्टरनेटलाई साध्यको रूपमा होइन, साधनको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

‘विभिन्न बेबसाइटको प्रयोग अलि खर्चिलो हुने हुँदा भारतीय प्रगतिशील स्रष्टाहरूको समेत सिको गर्दै नेपालमा पनि प्रगतिशील सृष्टाहरूले ब्लगको सञ्जाल निर्माणको दिशामा अगाडि बढ्नुपर्ने’ उहाँले भन्नुभयो ।

भारतमा प्रगतिशील युवाहरूले प्रगतिशील ब्लग लेखक सङ्घ बनाएर पाँचौँ राष्ट्रिय सम्मेलनसमेत गरिसकेको बताउँदै सङ्घका सल्लाहकार पोखरेलले नेपालका प्रगतिशील स्रष्टाहरूले साहित्यिक अभियानलाई नयाँ उचाइमा पुराउनुपर्ने धारणा राख्नुभयो ।

नयाँबानेश्वरस्थित मनिप्लान्ट सहकारीको कार्यालयमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीले गर्नुभएको थियो ।

उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विषयवस्तुको बारेमा कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा रणेन्द्र बराली, गोपाल अश्क, डा. पुष्करराज भट्ट, शेखर अर्याल, इन्दिरा ढकाल, प्रा.डा. राजेन्द्रप्रसाद पोखरेल, सुधा मैनाली, चेतनाथ धमला, डा. कौशिला रिसाल, समीर सिंहलगायत हुनुहुन्थ्यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x