साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहाडीलाई सम्मान र ‘सिर्जनशील किशोर पहाडी’ लोकार्पण

सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले डा. शेखरकुमार श्रेष्ठद्वारा सम्पादित ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण गरी साहित्यकार तथा रङ्गकर्मी किशोर पहाडीको सम्मान गरेको छ ।। सम्मान कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानले पहाडीलाई नगर रु ५,५५५ रू.सहित फर्पिङ स्रष्टा सम्मान २०८० प्रदान गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीले डा. शेखरकुमार श्रेष्ठद्वारा सम्पादित ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण गरी साहित्यकार तथा रङ्गकर्मी किशोर पहाडीको सम्मान गरेको छ ।

२०२८ सालबाट साहित्यिक जीवन शुरु गरेका पहाडी प्रयोगवादी कथाकारका रुपमा परिचित छन् । हालसम्म उनको विभिन्न विधामा लेखिएका सत्र कृति प्रकाशित भइसकेका छन् । उनको ‘विशुदाइ’ कथासङ्ग्र्रहले २०४५ सालको साझा पुरस्कार प्राप्त गरेको थियो ।

दक्षिणकाली नगरपालिका कोटालटोलमा जन्मिएका पहाडीको सम्मान दक्षिणकाली नगरपालिका कार्यालय, दक्षिणकाली नगरपालिका वडा नं ५ र ६, जननेत्र पुस्तकालय, त्रिभुवन आदर्श माध्यमिक विद्यालय, शिखरापुर क्याम्पस, श्रीकृष्ण मावि छैमले, त्रिभुवन आदर्श पूर्व विद्यार्थाी समाज, दक्षिण भेगीय सहकारी समन्वय समिति, गोपालेश्वर बहूद्देश्यीय सहकारी संस्था, न्यु जेनेरेसन मन्टेस्वरी, गोपालेश्वर मन्दिर संरक्षण समिति, कोटालटोल विकास संस्थाले गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानले पहाडीलाई नगर रु ५,५५५ रू.सहित फर्पिङ स्रष्टा सम्मान २०८० प्रदान गरेको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उप्रमुख वसन्ती तामाङ डङ्गोल, वडा नं ६ का वडाध्यक्ष शैलेश मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, साहित्यकार विश्वविमोहन श्रेष्ठलगायतले पुस्तक लोकार्पण गरेका थिए । कार्यक्रममा ध्रुव मधिकर्मी, लता केसी, शेखर अर्याल, धनवन्तरी मिश्र (कात्यायन), रमेश सुवेदी, लगायत साठी जना स्रष्टाको उपस्थिति थियो ।

कार्यक्रममा शैलेश मानन्धरले स्वागत मन्तव्य, अप्सरा भुर्तेलले पहाडीको जीवनी, साहित्यकार विश्वविमोहन श्रेष्ठ र डा. विष्णुविभु घिमिरेले पहाडीको व्यक्तित्वसम्बन्धी चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले दक्षिणकाली नगर साहित्यिक भूमि बनाउनका लागि सुसेली साहित्यिक प्रतिष्ठानको सहकार्य अझ बढाउने मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि तथा उपप्रमुख वसन्ती तामाङ डङ्गोलले सुसेली साहित्यिक प्रतिष्ठानका कारण आफूलाई पनि कविता लेख्न मन लागेको भन्दै प्रतिष्ठानलाई निरन्तर सहयोग गर्ने कुरा बताउनुभएको थियो ।

अर्का अतिथि डा. विष्णुविभु घिमिरेले साहित्यकारले राजनीति गर्न सक्ने तर राजनीतिककर्मीले साहित्यकार बनाउन नसक्ने भन्दै दक्षिणकाली नगरपालिकाको कार्य अरु नगरपालिकालाई पनि अनुकरणीय भएको कुरा बताउनुभएको थियो ।

त्यस्तै साहित्यकार विश्वविमोहन श्रेष्ठले साहित्यकार पहाडीलाई गरेको सम्मानले अरुलाई पनि साहित्य सिर्जना गर्न प्रेरणा मिलेको बताउँदै किशोर पहाडीको साहित्यिक अनुभव बताउनुभएको थियो ।

पहाडीको सम्मान जननेत्र पुस्तकालय, श्रीकृष्ण मावि, त्रिभुवन आदर्श माध्यमिक विद्यालय, त्रिभुवन आदर्श माध्यमिक विद्यालय पूर्व विद्याथी समाज, दक्षिण भेगीय सहकारी समन्वय समिति, गोपालेश्वर सामुदायिक सहकारी, नेक्स्ट जेनेरेसन स्कुल, गोपालेश्वर क्षेत्र प्रबन्ध समाज, शिखरापुर क्याम्पस, कोटालटोल विकास संस्था, डिकुबहाल टोल विकास संस्था लगायत १७ संस्थाले किशोर पहाडीको सम्मान गरेको थियो ।

बाजागाजा र र्यालीसहित शुरुआत भएको उक्त कार्यक्रम आवेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संयोजन रामराजा केसीले गरेका थिए ।

०००
– समाचार श्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x