साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभिन्न क्षेत्रका स्रष्टा अभिनन्दित एवम् सम्मानित

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन २९ । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव कार्यक्रम १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर समापन गरियो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वणर् महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको थियो ।

आज सम्पन्न संघको समापन समारोहमा सापस स्वणर् महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकणर्िकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी. आर. उपाध्याय अभिनन्दित हुनुभएको छ ।

सर्जक गणेश रसिकलाई नेपाल – भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

यसैगरी “सापस स्वणर् महोत्सव सम्मान”बाट संघका पूर्व अध्यक्षहरु नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित हुनु भएको छ ।

पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद दस हजारसहित “साहित्यिक पत्रकारिता पुरस्कार” २०६३ पनि प्रदान गरिएको थियो ।

यसैगरी “सापस स्वणर् महोत्सव समालोचना विशिष्ट सम्मान” बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी, “सापस स्वर्ण महोत्सव समीक्षा सम्मान” बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित हुनुभएको छ ।

यसैगरी “व्यथित काव्य सम्मान” बाट कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित हुनु भएको छ ।

यसैगरी “व्यथित काव्य डायसपोरा सम्मान“ हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित हुनु भएको छ ।

संघले आफ्नो स्वणर् महोत्सवमा अवसरमा विभिन्न साहित्यिक पत्रकारहरूलाई प्रशंसा-पत्र प्रदान गरेको छ । सम्मानबाट किशोर पहाडी, कृष्ण भूषाल, सुमन बैरागी पण्डित, श्रीराम राई, प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित हुनु भएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास बर्षको योगदानका बारे बोल्दै साहित्यिक पत्रकारिताको उन्नयन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासहरुमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार सङ्घले महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।

अभिनन्दित व्यक्तित्व प्राडा सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रोलाई नभै राम्रोलाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिको विरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

सङ्घका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको सङ्घको इतिहास सबैलाई थाहा भएको बताउँदै अब सङ्घ महासङ्घको संरचनामा जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार सङ्घले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताउँदै अब विभिन्न विधाका विभिन्न विषयमा बहस र विमर्श कार्यक्रम गर्नुपर्ने चर्चा गर्नुभयो ।

व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा पाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाउनु भएको थियो ।

सर्जक श्रीबाबु कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष नगेन्द्ररज शर्मा, रमा शर्मालगायतले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा तीन दर्जन साहित्यकारहरुलाई संघको स्वणर् महोत्सव मायाको चिनो प्रदान गरिएको थियो । साथै स्वर्ण महोत्सवको केक पनि काटिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x