सुलसुले‘पद्मश्री साहित्य पुरस्कार’का लागि संक्षिप्त सूची सार्वजनिक
सार्वजनिक गरिएको सूचीमा परेको ५ वटा कृतिमा सुबिन भट्टराई ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठनः’ डा.देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’, डा.नवराज केसीको ‘शून्यको मूल्य’ रहेका छन् ।

रत्ननगर, चितवन, ०८०, भदौ २ ‘पद्मश्री साहित्य पुरस्कार’का लागि कृति छनोट प्रक्रिया अन्तर्गत दोस्रो चरणको उत्कृष्ट संक्षिप्त सूची आज सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको सूचीमा परेको ५ वटा कृतिमा सुबिन भट्टराई ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठनः’ डा.देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’, डा.नवराज केसीको ‘शून्यको मूल्य’ रहेका छन् ।
खेमलाल- हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान अध्यक्ष जीवा लामिछानेले दिनुभएको जानकारी अनुसार
प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निणर्ायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेका थियाे ।
चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्यायायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको पनि जीवा लामिछानेले जनाउनु भएको छ ।
०००

Subscribe
Login
0 Comments
Oldest












































