साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार श्यामकर्ण राई रहेनन्

२०१८ सालमा माघ २० गते उदयपुरको लाफागाउँ हालको रौतामाई गाउँपालिका वडा नं ३ मा जन्मिएका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका राई पछिल्लो समयमा कथा संग्रह प्रकाशनको तयारीमा लागेका थिए ।

Nepal Telecom ad

उदयपुर, ०८० भाद्र १, उदयपुरको त्रियुगा नगरपालिका- ३ निवासी सहित्यकार श्यामकर्ण राईको ६२ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको छ ।

विहिबार बिहान घरको करेसाबारीमा बोटविरुवा गोडमेल गर्नेक्रममा रक्तचाप न्यून भएपछि उपचारका लागि उदयपुर जिल्ला अस्पताल लगिएको थियो । तर चिकित्सकले मुटुको समस्या भएकोले विराटनगर स्थित न्युरो अस्पताल लैजान सुझाव दिए अनुसार थप उपचारका लागि विराटनगर लगिएको थियो । उपचारकै क्रममा न्यूरो अस्पतालका चिकित्सकले मुटुले काम गर्न छाडेकोले घर लैजान भनेको र घर ल्याउन तयारी गर्दागर्दै विराटनगरमै निधन भएको परिवारजनले बताए ।

लामो समय नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य चौकीमा रहेर सेवा गर्नुका साथ पछिल्लो समयमा नेपाल सरकारको विदेशी दातृ निकायको सहयोगमा सञ्चालित ग्रामीण क्षेत्रको सडक पूर्वाधार कार्यक्रमको जिल्ला संयोजक भई काम गरेर अवकाशको जीवन यापन गरिरहेका राईको गत वर्ष दुई थान पुस्तक प्रकाशित भएका थिए ।

२०१८ सालमा माघ २० गते उदयपुरको लाफागाउँ हालको रौतामाई गाउँपालिका वडा नं ३ मा जन्मिएका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका राई पछिल्लो समयमा कथा संग्रह प्रकाशनको तयारीमा लागेका थिए । उनी उदयपुर साहित्य कला प्रतिष्ठानको संस्थापक सदस्यका साथै कार्यसमितिका सक्रिय सदस्य समेत रहेका थिए ।

लामो समयदेखि मधुमेह तथा रक्तचापका कारण बिरामी भैरहने राईका श्रीमती तीन छोरा र एक छोरीमध्ये दुई छोरा विदेशमा रहेका छन् । राईको किरात परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

०००
उदयपुरबाट माधव गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x