सुलसुलेगजल यात्रा २०५ औं श्रृङ्खला सम्पन्न
मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, हटारू उपन्यास लेखक ओम रिजाल, अग्रज साहित्य सर्जक तुल्सी घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

मकवानपुर, ०८० भाद्र २ । गजल मञ्च मकवानपुरले गजल यात्रा २०५औं श्रृङ्खला सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, हटारू उपन्यास लेखक ओम रिजाल, अग्रज साहित्य सर्जक तुल्सी घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।
मदन पुरस्कार विजेता अग्नी महाकाव्यका लेखक डा. लम्सालले मकवानपुरकै माटो टेकेर लेखेको पुस्तकले आफूलाई साहित्य सिर्जनाबाट मदन पुरस्कारसहित झण्डै आधा दर्जन ठूला पुरस्कार दिलाएकोले पनि यस भूमिप्रति विशेष लगाव रहेको बताउनु भयो । उहाँले ४०/४५ वर्षअघि मोदनाथ प्रश्रीतको सिर्जना ’नबोके पनि खुँडा र खुर्पा, खुकुरी तरबार, कलमबाटै भत्काइदिन्छु अन्यायी संसार’ बाट उहाँले कलमको शक्ति अपार रहेको र साहित्य सर्जकले मरेपछि पनि आफ्ना विचार, लेखनी, प्रयोग आदिप्रति उत्तरदायी हुनुपर्ने हुँदा लेखनमा देश विदेशका अन्य सर्जकहरूले के लेखिरहेका छन् भन्नेसम्म आफूलाई जानकार बनाइराख्नुपर्ने विचार राख्नुभयो ।
गजल लेखनका आफ्नै शैली रहेको र विशेषत वाचनभन्दा गेय विधा रहेकोले यसको रचनामा निकै सावधानी अपनाउनु पर्ने बताउँदै कार्यक्रममा लेखक ओम रिजालले गजल वाचन गर्नुभयो ।
मञ्चका कोषाध्यक्ष विशाल अधिकारी आशुतोषले स्वागत गर्नु भएको कार्यक्रममा देवराज तिवारी, सुवास सजल, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, यश लामा, रजनी पौडेल, भवानी तिमल्सिना, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, मसान उपासक लगायतका सर्जकहरूले गजल वाचन गर्नु भयो भने पुरूषोत्तम आचार्य, हरि पौड्याल र अनिल कोइरालाले गजल गायन गर्नुभयो ।
गजल मञ्चका सचिव हरि पौड्यालले सञ्चालन गर्नु भएको कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त हलमा सञ्चालन गरिएको हो ।
०००
– हेटौडाबाट संप्रस पौडेल
Subscribe
Login
0 Comments
Oldest












































