साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रोतकथाले जन्माएको उत्तरकथा

उनी उसै गाउँका चन्द्रमोहन रहेछन् । चन्द्र मोहन पाँच वर्ष पहिला जाँडको नशामा परिवारसँग लडाइ-झगडा गरेर गोल भएका थिए । अहिले उनी दारी-जुँगा र कपाल पालेर ढोगीं बाबाको रूपमा देखा परेका थिए ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

१. स्रोत-लघुकथा- ढोंगी बाबा -शिवकुमार रेग्मी

“मोहन ! ए मोहन !” विष्णुले चिच्याउदै बोलायो ।

“को हो हँ ?” घोक्रो सुक्ने गरि चिच्याउने बाहिर निस्कदै मोहनले भन्यो । ए विष्णु तिमी, भित्र नआएर किन घोक्रो सुक्ने गरि चिच्याएको ? मोहनले थप्यो ।

मोहन तिमीले थाहा पाएका छैनौं, गाउँको शिव मन्दिरमा एउटा महात्मा बाबा आएका छन् रे ! सशङ्कित स्वरमा विष्णुले भन्यो ।

के भन्छ हँ यसले ? हो र साच्चै ? मोहनले भन्यो ।

शिव मन्दिरमा भिडभाड ज्यादै बढ्न थाल्यो । सबैले महात्मा बाबा आएका छन् भन्न थाले । एक कान दुई कान मैदान ! महात्मा बाबाको चर्चा हावाको गति भन्दा छिटो फैलियो ।

गाउँको बुढा-पाका मध्येका रमाकान्त पनि दृश्य देख्न पुगेका थिए । उनले महात्मा बाबालाई छर्लङ्ग चिने । उनी उसै गाउँका चन्द्रमोहन रहेछन् । चन्द्र मोहन पाँच वर्ष पहिला जाँडको नशामा परिवारसँग लडाइ-झगडा गरेर गोल भएका थिए । अहिले उनी दारी-जुँगा र कपाल पालेर ढोगीं बाबाको रूपमा देखा परेका थिए ।

पोखराथोक, पाल्पा
+++

२. उत्तर लघुकथा- वर्तमान
-लक्ष्मी रिजाल

‘ध्यानिज्ञानी महात्मा ठानेर सर्वत्र उहाँलाई सम्मान गर्छन् । बिनाखोट आफ्नै गाउँमा उहाँलाई अपमान गर्न तम्से ।’ चन्द्रमोहनको प्रवचन सकिएर मानिसहरू लाखापाखा लागेपछि त्यहाँ उपस्थित मानिसहरूका बीच मोहनले गुनासो पोखे ।

मोहनका कुरा सुन्नासाथ रमाकान्तले प्याच्चै भने; ‘गधा धोएर गाई हुन्न, ढोंगी बाबाको चेला !’

‘जीवनमा काम, क्रोध, लोभ, मोहबाट मुक्त भई वैराग्यलाई अँगालेको मान्छेलाई कसैले चित्त कुँड्याउने काम गरेमा फरक के नै पर्ला ?’ आफ्नो अपमान गरेको सुनेर चन्द्रमोहनले पनि बाङ्गो कुरा गरे ।

‘हेर्, दारी बुढा, पाँच वर्ष अलप हुँदैमा कोही महात्मा हुन्न । तँ यहाँ गाउँ भाँड्न आएको होस् । टिकट काटिहाल् । नत्र नाङ्गेझार बनाएर लखेट्नु नपरोस् ।’ विष्णुले रिस पोख्यो ।

‘आफ्नो परिवारलाई लात मार्ने यस्ता नाथेसँग बात मारेर मुख किन दुखाउँछौ केटाहरू हो !’

रमाकान्तले अर्को वाण चलाए । मोहन बाहेक अरूले नकारात्मक कुरा गर्दै गए ।
‘लौ, जाँडका भकारी बाबा, हामी अहिले हिँड्यौँ । भोलिको सूर्योदय पूर्व नै यस शिव मन्दिरबाट पनि अलप भइहाल् ।’ आक्रोश पोख्दै रमाकान्त उठे ।

‘घर भत्काउने, बालीनाली क्षति गर्ने जङ्गली हात्ती लखेट्न ठिक पारेका पुल्ठाहरू छँदै छन् । यसका लागि तिनैको उपयोग गर्नुपर्छ ।’ यस्तै नकारात्मक कुरा थपथाप पार्दै विष्णु पनि बाटो लाग्यो ।

चन्द्रमोहन समुद्रझैँ शान्त थिए । मोहन मात्रै त्यहाँ मौजुद रह्यो । चन्द्रमोहनले सोधे; ‘तिमीसँग मलाई दिने कुनै कालोमैलो दुर्गन्ध छैन, मोहन नाति ?’

जवाफमा प्रतिप्रश्न गर्दै मोहनले भन्यो; ‘तपाईंभित्रको विद्वता लिन मैले के गर्नुपर्छ, बाबा !’

जवाफमा चन्द्रमोहनले भने; ‘विगतले वर्तमानलाई क्षतविक्षत पार्न छाड्नुपर्छ । वर्तमानलाई भविष्यका लागि हाँस्न दिनुपर्छ ।’

०००
२०८०.०५.०२ कञ्चनरुप १२, रुपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x