साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कपडा

कुनै विपत्तिले मान्छे छट्पटिन थालेपछि, झोलाबाट, बोराबाट माकुराको जालो चिर्दै फुत्तफुत्त निकालिन्छन् कपडाहरू, गरिबीको उपहास गर्दै पीडितको उद्धारमा खटाइन्छन् कपडाहरू । एउटा प्रश्न छ मेरो, मैमाथि म मान्छे हुँ कि कपडा हुँ ?

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

केही थान प्रयोग हुँदै आएका कपडा
झुण्डिएका छन् ह्याङ्गरमा,
जस्तो कि-
लहरामा झुण्डिएका हुन्छन् घिरौँलाहरू ।
सबै कपडाले कहाँ पाउँछन् र ह्याङ्गर !
अन्तिम भोजपछि
क्राइष्टले क्रसमा टाँगिनु परेझैँ
टाँगिन्छ भित्तोको काँटीमा र
दुष्ट खियाको सामना गर्छन् कपडाहरू ।
चल्न छोडेको
पुरानो टेलिभिजनमाथि सुत्छन्,
मानौँ त्यो टेलिभिजन
कपडा सुत्नकै लागि राखिएको हो त्यहाँ,
शोकेसमाथि मौन उभिएको
घुर्मैलो ऐनालाई छोपेर
आफ्नो अमूर्त अनुहार हेर्छन् कपडाहरू ।
ढोकाको पल्लामा झुण्डिएर
अतिथिहरूको स्वागत गर्छन्,
झ्यालको पल्लामा च्यापिएर
पल्लो घरको तमासा हेर्छन् कपडाहरू ।
पुराना हुँदै जान्छन्,
सुन्दरता हराउँदै जान्छन्,
मैलिन्छन्
च्यातिन्छन्
उध्रिन्छन्
दुलो पर्छन्;
झोलामा कोचिँदै जान्छन्
बोरामा ठोसिँदै जान्छन्,
निःश्वास गुम्सिएर कोमाको बिरामीझैँ
कच्याककुचुक हुन्छन् कपडाहरू ।
बाढी आउँछ
भूकम्प जान्छ
कुनै विपत्तिले मान्छे छट्पटिन थालेपछि,
झोलाबाट, बोराबाट
माकुराको जालो चिर्दै
फुत्तफुत्त निकालिन्छन् कपडाहरू,
गरिबीको उपहास गर्दै
पीडितको उद्धारमा खटाइन्छन् कपडाहरू ।
एउटा प्रश्न छ मेरो, मैमाथि
म मान्छे हुँ कि कपडा हुँ ?

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x