सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कपडा

कुनै विपत्तिले मान्छे छट्पटिन थालेपछि, झोलाबाट, बोराबाट माकुराको जालो चिर्दै फुत्तफुत्त निकालिन्छन् कपडाहरू, गरिबीको उपहास गर्दै पीडितको उद्धारमा खटाइन्छन् कपडाहरू । एउटा प्रश्न छ मेरो, मैमाथि म मान्छे हुँ कि कपडा हुँ ?

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

केही थान प्रयोग हुँदै आएका कपडा
झुण्डिएका छन् ह्याङ्गरमा,
जस्तो कि-
लहरामा झुण्डिएका हुन्छन् घिरौँलाहरू ।
सबै कपडाले कहाँ पाउँछन् र ह्याङ्गर !
अन्तिम भोजपछि
क्राइष्टले क्रसमा टाँगिनु परेझैँ
टाँगिन्छ भित्तोको काँटीमा र
दुष्ट खियाको सामना गर्छन् कपडाहरू ।
चल्न छोडेको
पुरानो टेलिभिजनमाथि सुत्छन्,
मानौँ त्यो टेलिभिजन
कपडा सुत्नकै लागि राखिएको हो त्यहाँ,
शोकेसमाथि मौन उभिएको
घुर्मैलो ऐनालाई छोपेर
आफ्नो अमूर्त अनुहार हेर्छन् कपडाहरू ।
ढोकाको पल्लामा झुण्डिएर
अतिथिहरूको स्वागत गर्छन्,
झ्यालको पल्लामा च्यापिएर
पल्लो घरको तमासा हेर्छन् कपडाहरू ।
पुराना हुँदै जान्छन्,
सुन्दरता हराउँदै जान्छन्,
मैलिन्छन्
च्यातिन्छन्
उध्रिन्छन्
दुलो पर्छन्;
झोलामा कोचिँदै जान्छन्
बोरामा ठोसिँदै जान्छन्,
निःश्वास गुम्सिएर कोमाको बिरामीझैँ
कच्याककुचुक हुन्छन् कपडाहरू ।
बाढी आउँछ
भूकम्प जान्छ
कुनै विपत्तिले मान्छे छट्पटिन थालेपछि,
झोलाबाट, बोराबाट
माकुराको जालो चिर्दै
फुत्तफुत्त निकालिन्छन् कपडाहरू,
गरिबीको उपहास गर्दै
पीडितको उद्धारमा खटाइन्छन् कपडाहरू ।
एउटा प्रश्न छ मेरो, मैमाथि
म मान्छे हुँ कि कपडा हुँ ?

०००
मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सपना

सपना

भरत गुरागाइँ बर्बरिक
प्रतिशोध

प्रतिशोध

भरत गुरागाइँ बर्बरिक
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त