साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा दुर्गा रिमाल अधिकारीको कथाकृति ‘चाहना’ लोकार्पण

कलङ्कीको एडमार्क कलेजमा आयोजित लोकार्पण कार्यक्रमको सभापतिका रूपमा अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष स्रष्टा भुवनहरि सिग्देल हुनुहुन्थ्यो भने प्रमुख अतिथि हुनुहुन्थ्यो प्रा.डा. रामचन्द्र लम्साल ।

Nepal Telecom ad

काठमाडौं, ०८० भदौ ३० । स्रष्टा दुर्गा रिमाल अधिकारीको चौथो साहित्यिक कृति कथासङ्ग्रह ‘चाहना’ लोकार्पण गरिएको छ ।

कलङ्कीको एडमार्क कलेजमा आयोजित लोकार्पण कार्यक्रमको सभापतिका रूपमा अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष स्रष्टा भुवनहरि सिग्देल हुनुहुन्थ्यो भने प्रमुख अतिथि हुनुहुन्थ्यो प्रा.डा. रामचन्द्र लम्साल ।

कार्यक्रममा डा.बमबहादुर जिताली, डा.गाउँले बलदेव, सञ्चारकर्मी एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल विशिष्ट अतिथिका रूपमा मञ्चासिन हुनुहुन्थ्यो ।

कार्यक्रम सञ्चालक जितु खड्काले स्वागत मन्तव्यद्वारा अभ्यागत स्रष्टाहरूलाई स्वागत गरेसँगै प्रमुख अतिथि एवं अन्य विशिष्ट अतिथिहरूले कृति लोकार्पण गर्नु भएको थियो ।

लोकार्पित कृतिमाथि केन्द्रित भएर डा. बलदेव अधिकारी, नरनाथ लुइँटेल र हरि खनालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो भने शिव अधिकारी, राममणि दुवाडी लगायतले कृतिकारलाई बधाई दिँदै आगामी कृतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ बेटी बज्राचार्य, जनार्दन अधिकारी धड्कन, उत्तम विचार, सीमा अधिकारी, श्रद्धा अधिकारी, पूणर्देवी न्यौपाने, कल्पना न्यौपाने, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, शारदा आचार्य, सूर्यवदना पण्डित, सूर्यकुमार पण्डित, विनुबाबा घिमिरे, सुधा बास्कोटा (ढकाल), सरला तिम्सिना, रिता खतिवडा, गङ्गा आचार्य सापकोटा, अनिश रिमाल लगायतका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि प्रा. डा. रामचन्द्र लम्सालले दुर्गा रिमाल अधिकारीको लोकार्पित कृतिमाथि बोल्दै कृति प्रकाशनबाट आफ्नो खुसीको सीमा नरहेको विचार व्यक्त गर्नुभयो । सभाध्यक्ष भुवनहरि सिग्देलले अब आख्यानतर्फ पाइला अघि सारिसकेको अवस्थामा कथाकार दुर्गाले पाइला निरन्तर अघि बढाइ रहनुपर्ने सल्लाह दिँदै आगामी लेखनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, कृतिकार दुर्गा रिमाल अधिकारीले आफ्नो लेखकीय मन्तव्यका क्रममा आफूलाई पुस्तक प्रकाशनका लागि सहयोग गर्नुहुने र कार्यक्रममा उपस्थित हुनुहुने सबै आफन्तजन, अग्रज, अनुजलाई धन्यवाद भन्दै आभार व्यक्त गर्नुभयो ।

स्रष्टा दुर्गा रिमालका यसअघि ‘सिर्जनाका रहरहरू’, ‘त्रिवेणी’, र ‘पुत्रमोह’ गरी तीनओटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । अनुपम सिर्जना प्रतिष्ठान नेपालद्वारा प्रकाशित यस कृतिमा कृतिकारका श्रीमान् शिव अधिकारीले शुभकामना, नरनाथ लुइँटेलले प्रकाशकीय एवम् दुर्गा रिमाल अधिकारीले लेखकीय मन्तव्य व्यक्त गर्नु भएको छ ।

०००
– जितु खड्का

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x