साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाहालको ‘ग्रीष्मजा’ र आत्मकथा ‘मुमूर्षा’ माथि समीक्षा तथा अन्तर्क्रिया

वरिष्ठ कवि, महाकाव्यकार तथा चम्पुकाव्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यमा समीक्षात्मक अन्तर्क्रिया कार्यक्रम र कालीगण्डकी साहित्य परिषद् चितवनले प्रकाशित गरेको कवि अग्निसागर उपाध्यायको खण्डकाव्य बा आमा तथा परिषद्को मुखपत्र 'कैलाश' को मुक्तक विशेषाङ्कको विमोचन ।

Nepal Telecom ad

चितवन, २०८० भदौ ३० । चितवन स्थित खोलेसिमल बजारमा आयोजित एक समारोहमा उपन्यासकार चिरञ्जीवी दाहालको उपन्यास ‘ग्रीष्मजा’ तथा दाहाललकै ‘आत्मकथा मुमूर्षा’ माथि समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ कवि, महाकाव्यकार तथा चम्पुकाव्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यमा समीक्षात्मक अन्तक्रिया कार्यक्रम र कालीगण्डकी साहित्य परिषद् चितवनले प्रकाशित गरेको कवि अग्निसागर उपाध्यायको खण्डकाव्य बा आमा तथा परिषद्को मुखपत्र ‘कैलाश’ को मुक्तक विशेषाङ्कको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लामो समयदेखि साहित्य क्षेत्रमा समर्पित तीन जना स्रष्टाहरूलाई समेत सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा समालोचक प्रा. नारायण प्रसाद खनाल, कवि तथा गीतकार मुकुन्द पौडेल, कवि तथा आख्यानकार माधव विडारीलाई ’कालीगण्डकी साहित्य सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो ।

यसैगरि कालिका नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरू मध्येबाट छात्रातर्फ गत वर्षको एस ई ई परिक्षामा नेपाली विषयमा उच्चतम अङ्क ल्याउने चतुर्मुखी मा वि शक्तिखोरकी छात्रा रक्षा मरहठ्ठालाई समेत उक्त सम्मानद्वारा सम्मानित गरिएको थियो। सम्मानित स्रष्टा प्रा डा नारायण प्रसाद खनाल र माधव विडारीको विषयमा चिरञ्जीवी दाहालले र मुकुन्द राज पौडेलको विषयमा केशवराज आमोदीले उहाँहरूको परिचय दिनु भएको थियो।

वरिष्ठ गजलकार केशवराज आमोदी, गजलकार धनराज गिरी, समालोचक कपिल अज्ञात, कवि लकाश पौडेल, साहित्यकार माया शर्मा , कालिका नगरपालिकाका, वार्ड नं ६ का वार्ड अध्यक्ष टिकाराम रेग्मीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका साहित्यकार मुकुन्द शर्मा चालिसेले दाहालको आत्मकथा कृति ‘मुमूर्षा ‘ माथि समीक्षात्मक टिप्पणी गर्दै मुमूर्षा आत्मकथा अत्यन्त सुन्दर भएको र लेखक दाहाल बहुआयामिक व्यक्तित्वका धनी भएको कुरा व्यक्त गर्नु भएको थियो । उहाँले आफ्नो धारणा राख्दै अत्यन्त सूक्ष्म तरिकाले टिप्पणी व्यक्त गर्नु भएको थियो ।

यसैगरि समालोचक कपिल अज्ञातले उपन्यासकार दाहालको कृति ‘ग्रीष्मजा’ माथि चर्चा गर्दै यो कृतिले एकपटक साहित्य बजारमा हलचल ल्याउने विचार व्यक्त गर्नु भएको थियो ।

यसैगरि कैलाशको मुक्तक विशेषाङ्क र अग्निसागर उपाध्यायको बा आमा खण्डकाव्य बारे कैलाश पत्रिकाका सम्पादक चिरञ्जीवी दाहालले आफ्नो विचार राख्नु भएको थियो ।यस अघि आख्यानकार दाहालले आफूले आत्मकथा लेख्नुको कारण र उपन्यासमा भएको विषयवस्तु बारे प्रकाश पार्नुभएको थियो ।

परिषद्का उपसभापति रामलाल कुमालले स्वागत मन्तव्य दिएको सो समारोहको सभापतित्व कालीगण्डकी साहित्य परिषद् चितवनका सभापति गणेश शर्मा पौडेलले गर्नु भएको थियो भने चिरञ्जीवी दाहाल र रुविन पौडेलले कार्यक्रमा सहजिकरण गर्नु भएको थियो ।

समारोहमा कमल अर्याल, सुमन कडरिया, रोहीणी लोहनी, गिरीराज डल्लाकोटी, कृष्ण सुदामा, कृष्ण आचार्य, केशवराज आमोदी, धनराज गिरी, लकाश पौडेल, प्रकाश बाबु खनाल, टीकाराम रेग्मीले आ-आफ्ना रचना पाठ र मन्तव्य व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्व प्रा. डा. नारायण प्रसाद खनाल, मुकुन्दराज पौडेल, माधव विडारीले समेत आफूहरू सम्मानित भएकोमा खुशी व्यक्त गरेका थिए ।

०००

-रेहित सैजू, फित्काैली डेस्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x