साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई

नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही विशिष्ट योगदान दिएको भन्दै रचना साहित्यिक पत्रकारिताका प्रधानसम्पादक रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार अर्पण गरिएको हो ।

Nepal Telecom ad

भक्तपुर, ०८० असोज १९ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा शुक्रवार भक्तपुरमा दुई स्रष्टालाई सम्मान गरिएको छ ।

नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही विशिष्ट योगदान दिएको भन्दै रचना साहित्यिक पत्रकारिताका प्रधानसम्पादक रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार अर्पण गरिएको हो ।

घिमिरेबाट गौतम आबद्ध नेपालपोष्ट, करेन्ट, रसायन, लगायत दर्जनौं पत्रिका तथा पुस्तकको सम्पादनमा करेन्ट पब्लिकेशनलाई पाँच दशकसम्म निरन्तर सहयोग समेत प्राप्त भएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि.ले जनाएको छ ।

पुरस्कारको राशी नगद १ लाख रुपैया रहेको छ । सोही अवसरमा स्रष्टा गुणराज काफ्ले ‘शाण्डिल्य’ लाई नगद ५० हजार सहित कदरपत्र प्रदान गरियो ।

नयाँ करेन्ट एवं नेपाल पोस्टमा निरन्तर चार दशक स्तम्भ लेखक रहनु भएका काफ्लेलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरले निर्भिक पत्रकार गौतम नेपाली पत्रकारिताका अमूल्य रत्न भएको बताए ।

सोही अवसरमा ‘देवेन्द्र गौतम स्मृतिमा’ र गौतमकृत डायरी ‘आकाश पाताल’ चिनियाँ अनुवाद ‘काउन्टर इन्भेस्टिगेशनको लोर्कापण गरिएको थियो ।

कार्यक्रममा गौतमका भाइ उपेन्द्र र छोरा किरणले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

०००

निर्मल अर्याल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x