सुलसुलेमनोहरा साहित्य समाजको ८२औं शृङ्खला सम्पन्न
रत्ननिधि रेग्मी, अर्पण अर्याल, सम्पत् काफ्ले, बुद्धिसागर पौडेल, टि.पी. बराकोटी, कृष्णप्रसाद पौडेल,आर.सी रिजाल, डिल्लीराज अर्याल लगायतका स्रष्टाहरूले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

काठमाडाैं, ०८० कात्तिक ११ । मनाेहरा साहित्य समाजको ८२ औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको संयोजकत्व, अग्रज साहित्यकार आर. सि. रिजालको आतिथ्यमा आज सम्पन्न भयो।
अध्यक्ष अर्यालले सबै उपस्थित स्रष्टा,साहित्यानुरागीहरूलाई स्वागत गरेपछि शुभारम्भ भएको सो कार्यक्रममा देवीप्रसाद मिश्रले वृद्धानुभूति शीर्षकमा स्रग्धरा छन्दमा रचना सुनाउनुभएको थियो भने क्रमशः रत्ननिधि रेग्मी, अर्पण अर्याल, सम्पत् काफ्ले, बुद्धिसागर पौडेल, टि.पी. बराकोटी, कृष्णप्रसाद पौडेल,आर.सी रिजाल, डिल्लीराज अर्याल लगायतका स्रष्टाहरूले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कपिल अर्याल, नागेन्द्रप्रसाद आचार्य, बाबुकाजी कार्की, लक्ष्मणप्रसाद खनाल लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो । 
श्रोताहरूकातर्फबाट पनि संक्षिप्तमा आआफ्ना भनाइ राख्दै समाजलाई शुभकामना व्यक्त गरिएको थियो भने समाजका अध्यक्ष अर्यालद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गरिएको थियो ।
शान्त वातावरणमा सुरम्य कविताहरूको प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको अनुभव श्रोताहरूको रहेको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest












































