फित्काैली डटकमपुरस्कार घोषणा
यस वर्ष रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ भने रमेश विकल-सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौंलाई अर्पण गर्ने निणर्य गरिएको छ । त्यसै गरी रमेश विकल सिर्जना पुरस्कार माधव काफ्ले, रौतहट, रमेश विकल बालसाहित्य पुरस्कार रामबाबु सुवेदी, कास्की, रमेश विकल- सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का, दैलेखलाई प्रदान गरिने भएको छ ।

फित्कौली डटकम :
काठमाडौं (गोरखापत्र), मङ्सिर ६ गते । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ। यस वर्ष रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ भने रमेश विकल-सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौंलाई अर्पण गर्ने निणर्य गरिएको छ । त्यसै गरी रमेश विकल सिर्जना पुरस्कार माधव काफ्ले, रौतहट, रमेश विकल बालसाहित्य पुरस्कार रामबाबु सुवेदी, कास्की, रमेश विकल- सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का, दैलेखलाई प्रदान गरिने भएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानले १५ औँ विकल स्मृति सभाको अवसरमा प्रतिष्ठानको विकासमा सुरुदेखि नै महत्वपूर्ण सहयोग पुर्याउँदै आउनु हुने जनप्रतिनिधि सांसद सन्तोष चालिसे, संविधान सभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाल तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई सम्मान गर्ने निणर्य गरेको छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































