फित्काैली डटकमकविता प्रतियोगितामा रोश्ना श्रेष्ठ प्रथम
कालीगण्डकी साहित्य परिषद् चितवनका सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सञ्चालन गरिएको सो कार्यक्रममा कालिका नगरपालिकाका वडा नं ६ का वार्ड अध्यक्ष टिकाराम रेग्मी प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।

चितवन, २०८० मंसिर २९ । कालीगण्डकी साहित्य परिषद् चितवनको मुख्य आयोजना र कालिका नगरपालिका वार्ड नं.६ को सह प्रायोजनमा आज खोलेसिमल बजारमा अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतियोगितामा अर्बिट बोर्डिङ स्कूल कि छात्रा रोशनी श्रेष्ठ प्रथम, सोही विद्यालयकै छात्र आदर्श अधिकारी द्वितीय, एकता शिशु निकेतन विद्यालयका छात्र अमृत दुवाडीले तृतीय स्थान प्राप्त गरेका थिए । यसैगरी अनुषा उप्रेती र आदिश्वी चौधरी सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका थिए ।
कालीगण्डकी साहित्य परिषद् चितवनका सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सञ्चालन गरिएको सो कार्यक्रममा कालिका नगरपालिकाका वडा नं ६ का वार्ड अध्यक्ष टिकाराम रेग्मी प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
प्रतियोगितामा वाचन गरिएका कविताको मूल्याङ्कन कवि तथा साहित्यकार द्वय होमनाथ घिमिरे र चिरञ्जीवी दाहालले गरेका थिए । परिषदका सचिव रुविन पौडेलले सहजीकरण गरेको सो कार्यक्रममा परिषदका उपसभापति चिरञ्जीवी दाहालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा उल्लेख्य रुपमा सहभागीहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको आसनबाट वार्ड अध्यक्ष रेग्मीले शुभकामना व्यक्त गर्दै चितवनको पुरानो साहित्यिक संस्था कालीगण्डकी साहित्य परिषदले यस प्रकारको कार्यक्रम संचालन गरेर साहित्यको उन्नयनमा कालीगण्डकी साहित्य परिषदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो ।
अर्का अतिथि वार्ड नं ६ का वार्ड सदस्य प्रकाश तामाङले कालीगण्डकी साहित्य परिषदले सञ्चालन गर्ने गरेका यस्ता अनुकरणीय कार्यहरूमा वार्ड कार्यालयले सक्दो सहयोग गरिरहने वाचा व्यक्त गर्नुभएको थियो ।
०००
– चिरञ्जीवी दाहालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest









































