साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलगढीमा अन्तर्राष्ट्रिय पुरस्कारले अनुवादक र सर्जकहरु सम्मानित

"युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार २०२३"बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा.डा. अभि सुवेदी र "लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार २०२३"बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा. डा. गोकुल सिन्हालाई सम्मानित गरियाे । ।

Nepal Telecom ad

सिलगढी, भारत २०८० माघ ६ । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी (Yugendra-Laxmi International Translation Award Trust) सिलगढी, भारतबाट “युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा.डा. अभि सुवेदी सम्मानित हुनु भयो ।

यसैगरी “लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा. डा. गोकुल सिन्हा सम्मानित हुनु भयो । यी दुबै पुरस्कारमा नगद राशिसहित प्रसंशा-पत्र, स्मृतिचिन्ह रहेको थियो ।

गुठीका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम जिटिए चेयरम्यान अञ्जुल चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसैगरी सोही कार्यक्रममा वरिष्ठ सर्जक एवं अनुवादकहरु कृष्ण प्रधान, अनिता निरौला, सर्जक एवं पत्रकार चन्द्र भण्डारी (नेपाल) र सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्याय (नेपाल)लाई विशेष सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीको नेपाली / अङ्ग्रेजी सस्करण (विशेषाङ्क) “सम्वाद सञ्जाल”को पनि लोकार्पण गरिएको थियो । सो “सम्वाद सञ्जाल” लोकार्पण भएको घोषणा गुठीका अध्यक्ष लेकालीले गर्नु भएको थियो ।

गुठीकी संरक्षक ललिता जोशी क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि जिटिए चेयरम्यान अञ्जुल चौहानले कार्यक्रममा आफ्नो मन्तव्यमा “म अत्यन्त खुशी छु, पुरस्कृत विद्वानद्वयको अघि उपस्थित हुन पाउँदा आफैलाई सम्मानित अनुभव गरेको” बताउनु भयो ।

युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट पुरस्कृत सर्जक एवं अनुवादक प्रा. डा.अभि सुवेदीको परिचय वरिष्ठ साहित्यकार अनुवादक मुक्ति बरालले र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट पुरस्कृत वरिष्ठ सर्जक एवं अनुवादक डा. गोकुल सिन्हाको परिचय गुठीकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरकी निवर्तमान अध्यक्ष लतिका जोशीले गर्नु भएको थियो ।

सो समारोहमा प्रमुख अतिथि अञ्जुल चौहान, अध्यक्ष राधेश्याम लेकाली, पुरस्कृत सर्जकहरु प्रा.डा. अभि सुवेदी, प्रा. डा. गोकुल सिन्हा, सम्मानित सर्जकहरु कृष्ण प्रधान र अनिता निरौला, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव विमला निरौला, देवकोटा संघ, सिलगढीका अध्यक्ष मिलन रुचाल, प्राज्ञ सुभद्रा भट्टराईलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

पुरस्कार ग्रहणपछि डा. प्रा. अभि सुवेदीले आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्दै नेपाली साहित्यमा अनुवाद परम्परामाथि गहन अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो । यसैगरी अर्का पुरस्कृत प्रा. डा. गोकुल सिन्हाले पुरस्कार प्रदान गरेकामा गुठीप्रति आभार व्यक्त गर्दै – “अनुवाद पुरस्कार दिने साहित्य अकादमी पहिलो र युगेन्द्र – लक्ष्मीकान्त पुरस्कार गुठी दोस्रो भएको बताउनु भयो ।

गुठीकी प्रमुख संरक्षिका श्रीमती ललिता जोशीले यसपटकको पुरस्कारद्वारा विद्वानद्वयलाई अलङ्करण गर्न पाउँदा यो समारोह अत्यन्त गरिमामय भएको बताउनु भएको थियो ।

नृत्याकार सेलिना लिम्बुले गणेश वन्दना नृत्य प्रस्तुत गर्नु भएको सो कार्यक्रममा गायिका स्नेह थापाले सुमधुर गीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ समालोचक एवं अनुवादक प्रा. डा. गोविन्दराज भट्टराई, साहित्य चौतारी, झापाका संरक्षक देवीभक्त श्रेष्ठ, वरिष्ठ साहित्यकारहरु विन्द्या सुब्बा, युवराज काफ्ले, मीमलाल सापकोटा, लोकनाथ चापागाईं, डा. कृष्णराज घतानी, अनुवादक उषा नन्दी, गायिका जुनु गौतम, गुठीका संरक्षक विन्नी शर्मा, महासचिव खेम सापकोटा, कोषाध्यक्ष, विशिका क्षेत्री शर्मा, सदस्यहरु, उषा शर्मा, रन्जना खवास, डा. सुजाता रानी राई, सुभाष क्षेत्री लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

भारतको पश्चिम बङ्गाल अन्तर्गत सिलगढीको प्रधाननगर अवस्थित देवकोटा सङ्घ भवनमा आयोजित समारोहको सञ्चालन देविका मङ्ग्राती र अञ्जना भण्डारीले गर्नु भएको थियो ।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x