साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार रामकुमार पाँडेलाई देवकुमारी थापा स्मृति सम्मान

छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्यका क्षेत्रमा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिन लागिएको हो ।

Nepal Telecom ad

विराटनगर, २०८० चैत २० । श्री बबरसिंह-देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान- २०८० हास्यव्यङ्ग्यकार डा.रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ ।

छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्यका क्षेत्रमा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिन लागिएको हो ।

पाँडेका ख्यालख्याल, सन्चै छ, मोज गर्नोस् , बाबुको बिहे, १०१ हास्यव्यङ्ग्य सङ्ग्रहका साथै नेपाल जापान सम्बन्ध, नेपाल निर्माणको गौरव गाथा लगायत संस्कृति, भूगोल, लोकसाहित्य र बालसाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छ्न् ।

यसै गरी दुई दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कथा विधामा दिएको योगदानका लागि कथाकार रीता ताम्राकारलाई २०८० सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । ताम्राकारका, तुसारापात, दृश्य परिदृश्य, अनाम परिधि, संवेग कथासङ्ग्रह प्रकाशित छ्न् ।

पुरस्कार सम्मानको राशि क्रमशः एकाउन्न हजार र पचीस हजार रहेको छ । गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काँइला, चूडामणि बन्धु, तुलसी दिवस, मन्जुल, विन्ध्या सुब्बा, डा. दयाराम सम्भव
र बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा. डा. रामबहादुर थापा, जनकमोहन अधिकारी दीपक आलोक, कुन्ता शर्मा , गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री, सुमन पोखरेल, कुशेश्वर राई लगायतका स्रष्टाहरू पुरस्कृत र सम्मानित भैसकेका छन् !

उक्त पुरस्कार आगामी २०८१ साल वैशाख १५ गते शनिबार श्रीकृष्ण होटल विराटनगरमा समर्पण गरिने जानकारी गुठी सम्बद्ध विवश पाेखरेल जानकारी दिनु भएकाे छ !

फित्काैली डटकम श्रद्धेय हास्यव्यङ्ग्यकार रामकुमार पाँडेप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x