साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सृजना मञ्चको मासिक नियमित रचनावाचन सम्पन्न

प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणि र विशेष व्यक्तित्वमा पुरुषोत्तम सिग्देल कलानिधि दाहाल,डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, गङ्गा लिगल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ २४ । कर्मदा सृजना मञ्च पाउँदी बजार लमजुङको ३७ औँ मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गर्नुभयो । प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणि र विशेष व्यक्तित्वमा पुरुषोत्तम सिग्देल कलानिधि दाहाल,डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, गङ्गा लिगल हुनुहुन्थ्यो । समीक्षकमा खोलाघरे साहिँलो ज्यूको गरिमामय उपस्थितिमा प्रविधि मैत्री कविगोष्ठी भव्य किसिमले सम्पन्न भएकाे हाे ।

जगदीश्वर पोख्रेलले स्रग्विणी छन्दका २ श्लोक स्वागतमा वाचन गरेपछि आरम्भ भएको कार्यक्रममा रचनावाचन गर्नुहुने कविगणमा- १. लक्ष्मीप्रसाद मिश्र (छोटो स्वागत मन्तव्यसहित)-“कर्मदामा स्रष्टाहरू उर्ले जगत…” एक पद्यको भजन लोकलयमा २. ललिता दोषी- “ल्याउँछौ सधैं आँधी” मुक्त लयमा ३. विन्दु दाहाल मूकदर्शक – “बुझ्न गाह्रो” वसन्ततिलकामा ४. दुर्गाप्रसाद सिग्देल- “पीर गर्छन् डसेर” मन्दाक्रान्तामा, ५.वीरबहादुर लोहनी- “वन हाम्रो जीवन” लोकलयमा, ६. वासुदेव ठकुरी- ४ वटा मुक्तकहरू, ७ .चन्द्रा न्यौपाने- शुरुमा १ सुसेली र मुक्तक (वातावरण विनास सम्बन्धी), ८. सुरेशचन्द्र घिमिरे- ” खडेरी” लोकलयमा प्रस्तुत भए ।

त्यसैगरी ९.सूर्यकुमार पण्डित – “हाम्री वागमती बनी ढलमती यी फेरि होलिन् सफा ” शार्दूलविक्रीडितमा, १०.गणेश आत्रेय- “भकुण्डो बनाए” भुजङ्गप्रयातमा, ११.उत्तम भेटवाल- ” छैनन् दिने उत्तर” शार्दूलविक्रीडितमा- “के लेख्छस् कविता भनी कलमले सोद्धैछ आफैँसित”, १२. डा.बमबहादुर थापा जिताली- “बालकोटको बार्दलीमा बन्यो दरबार” लोकलयमा व्यंगधर्मी भाव, १३. टेकबहादुर लौडारी- गजल “सुन्दर छ देश हाम्रो प्रकृतिले सजेको…”, १४. कलानिधि दाहाल-थोरै मन्तव्य र “गर्मी गर्दैछ खल्बल” अनुष्टुप् मा व्यंग्य भाव, १५.गङ्गा लिगल- २ लाइनको अप्सानी हालेर हेर यो देशको माटो अति सुन्दर लाग्दछ… जननी जन्मभूमिश्च..१ पद्य र गजल- “यो सुवास दिने फूल हो जिन्दगी”, भूल, मूल, तूल, प्रतिकूल, पुल आदि काफियामा, १६.पुरुषोत्तम सिग्देल- “सपूत अब ता एक जननी” शिखरिणीमा- “नुहाएको यौटै जनगहुँतले शुद्ध भन को ? ” जस्ता पद प्रयुक्त, १७- खोलाघरे साहिँलो – मालिनी मुक्तकहरू- (यसमा समीक्षात्मक टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभयो ।

त्यसैगरि १८. गोविन्दप्रसाद घिमिरे वेदमणि-“पञ्चशील” म गर्छु पालना सदा प्रबुद्ध पञ्चशीलको पञ्चामरमा, १९ जगदीश्वर पोख्रेल- “शक्तिको लाग्छ मात” नान्दीमुखी- कोही अजर अमर हुँदैन ; छलकपटले कोही ठूलो हुँदैन,बल धन पदले शक्तिको मात लाग्छ, २०. कल्पना भट्टराई ” जलवायु परिवर्तन” शिखरिणीमा २१. अनमोल शर्मा- सभ्य श्रोता कार्यक्रममा प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणिले सम्बोधन गर्नुभएपछि अध्यक्षले सधन्यवाद कार्यक्रमको विधिवत समापन गर्नुभयो ।

०००

-खाेलाघरे साहिँलाेकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x