साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किरण आचार्यको उपन्यासकृति  परशुरामको परिचर्चा

कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिविम्बित हुनेगरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ २५ । साहित्यिक पत्रकार संघद्वारा आज यहाँ उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरियो ।

कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिविम्बित हुनेगरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

कार्यक्रममा इतिहासकार एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको समय हाम्रालागि अत्यन्त जटिल भएको बताउँदै यो स्थिति चिर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

वरिष्ठ साहित्यकार प्रमोद प्रधानले पौराणिक विषय र पात्रलाई केन्द्रित गरी उपन्यास लेख्नु सजिलो नभएको धारणा राख्दै अझ त्यसलाई आजको समय, परिस्थिति र समस्यासँग जोड्नु थप कठिन भएको उल्लेख गर्नुभयो । “तैपनि उपन्यासकार आचार्यले त्यस कठिन कामलाई अत्यन्त गम्भीरतापूर्वक पूरा गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

समालोचक डा. गोविन्दमानसिंह कार्कीले उपन्यास विषय, संरचना र शैली सबै दृष्टिबाट महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले किरण आचार्य लामो समयदेखि लेखनकार्यमा समर्पित भएको बताउँदै उहाँको आगामी लेखनयात्राका लागि शुभकामना दिनुभयो ।

उपन्यासकार किरण आचार्यले उपन्यासको रचनागर्भबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा सङ्गीतकार एवम् उपन्यासकार सन्तोष श्रेष्ठले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा संघका कोषाध्यक्ष उपन्यासकार पद्मावती सिंहले स्वागत भाषण गर्नुभएको थियो ।

उपन्यास समाजका अध्यक्ष उपन्यासकार शंकर भारतीले नेपाली साहित्यमा स-साना संरचना भएका विधा, उपविधा बढी लेखिने तर उपन्यास लेखन अत्यन्त कम रहेको बताउनुभयो ।

कार्यक्रमना वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु किशोर पहाडी, युवराज नयाँघरे, विमल भौकाजी, राजेन्द्र के. सी., राजकुमार बानिया, प्रद्युम्न जोशी, कृष्ण भूषाल, तुलसीहरि कोइराला, ममता मृदुल, सुभाषचन्द्र पौडेल, मुरारी सिग्देल, हरिश कल्पित, डा. बुनु दाहाल, रितु कँडेल, रुद्र अधिकारी, प्रा. डा. जनार्दन आचार्य, नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम साहित्यकार श्रीबाबू कार्कीले संचालन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x