फित्काैली डटकमभानु प्रतिष्ठानमा डा.द्वय लम्साल र शुभेच्छु
देश विदेशका संस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम गर्दे आएको यस संस्थाको साधारण सभा गत शनिबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

काठमाडौं, ०८१ जेठ २८ । भानु प्रतिष्ठानको साधारण सभाद्वारा यस संस्थाको अध्यक्षमा डा.नवराज लम्साल र महासचिवमा डा.रमेश शुभेच्छु निर्विरोध निर्वाचित हुनु भएको छ ।
भानु प्रतिष्ठान २०३२ सालदेखि काठमाडौँमा क्रियाशील र नेपाली साहित्यमा स्थापित संस्था हो । नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका नाममा क्रियाशील यो संस्थाले राजधानीमा राष्ट्रको कार्यकारी प्रमुखको उपस्थितिमा विशिष्ट स्रष्टासम्मान सहित साप्ताहिक कार्यक्रम कार्यक्रम आयोजना गर्दै आएको छ ।
देश विदेशका संस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम गर्दे आएको यस संस्थाको साधारण सभा गत शनिबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
सभालाई सम्भोधन गर्दै संस्थाका सचिव डा.रमेश शुभेच्छुले भौतिक रुपले सम्पन्न नभए पनि भानु प्रतिष्ठान गुणात्मक मूल्यको संस्था भएको बताउनुभयो ।
प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले संस्थाको इतिहास, भानु चलचित्र निर्माणको प्रसङ्ग र नेपाली साहित्य परम्परामा भानुको योगदान विषयमा प्रकाश पार्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई अर्पण गर्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष डा व्रतराज आचार्यले आफूले बाह्र वर्षसम्म नेतृत्व गर्दाका अनुभव सुनाउँदै नयाँ कार्यसमितिले नयाँ जोस जाँगरका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पस प्राङ्गणमा रहेको भानु प्रतिमामा प्रमुख अतिथिबाट माल्यार्पण गरी सुभारम्भ भएको सो सभाले भानु प्रतिष्ठानको अध्यक्षमा डा.नवराज लम्साललाई चयन गरेको छ ।
डा.लम्सालको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा ऋषभदेव घिमिरे, महासचिवमा डा.रमेश शुभेच्छु, सचिवमा त्रिभुवनचन्द्र वाग्ले र पुरु लम्साल अनि कोषाध्यक्षमा ओम रिजाल निर्वाचित हुनुभएको छ ।
प्रतिष्ठानको सदस्यमा डी.पी. अर्याल, उषा भट्ट, हरिवोल ढकाल, प्रज्ज्वल कोइराला, सीता ओझा र नवराज जैसी चयन हुनुभएको छ । नवराज लम्सालले नवनिर्वाचित पदाधिकारीका तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
निर्वाचन लगत्तै बसेको कार्यसमिति वैठकले पाँच सदसीय सल्लाहकार समिति चयन गरेको छ । सो समितिमा प्रा.डा वासुदेव त्रिपाठी, डा.तुलसी भट्टराई, डा.केदार भट्टराई, डा.रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई रहनुभएको छ ।
निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको रहने छ ।
०००








































समाचार सम्प्रेषण्का लागि फित्कौली अनलाइन र नरनाथ लुइटेल बन्धुप्रति आभर ।